गण्डकीमा ‘माउन्टेन स्पोर्टस फेस्टिभल’का लागि तयारी भेला सम्पन्न

पोखरा स्पोर्टस । माउन्टेन स्पोर्टस फेडेरेशनको आयोजनामा गण्डकी प्रदेशमा ‘माउन्टेन स्पोर्टस फेस्टिभल’ आयोजनाका लागि तयारी भेला शनिवार पोखरामा सम्पन्न भएको छ ।

गण्डकी प्रदेशलाई सहासिक खेलकुदको गन्तव्यका रुपमा स्थापित गर्दै आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्रका रुपमा परिचय गराउन प्रतियोगिता आयोजना गर्न लागिएको हो । ‘माउन्टेन स्पोर्टस फेस्टिभल’ अन्तर्गत करिव १४ वटा खेल हुने माउन्टेन स्पोर्टस फेडेरेशन अध्यक्ष गोविन्द भट्टराईले बताउनुभएको छ ।

‘माउन्टेन स्पोर्टस फेस्टिभल’ अन्तर्गत परम्परागत देखि सहासिक खेलकुदहरु आयोजना हुने रािष्ट्रय खेलकुद परिषद (राखेप)का सदस्य समेत रहनुभएका भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो–“गण्डकी प्रदेश वा राजधानी पोखरालाई पर्यटकको हवको रुपमा विश्वमा चिनाई राख्न नर्पने भएपनि सहासिक खेलकुद गन्तव्यको रुपमा परिचय गराउन आवश्यक छ ।”

‘माउन्टेन स्पोर्टस फेस्टिभल’ कार्यक्रम अन्तर्गत परम्परागत आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाइम्विङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्रि रनिङ, मोटर स्पोर्टस, टग अफ दि वार, रिङ रेस्लिङ, घोडा दौड, ट्राइयाथलन, गल्फ लगाएतका खेलहरु आयोजना हुने भएका छन ।

कास्कीमा भएका खेल संघका अध्यक्ष तथा पदाधिकारीहरुको भेलाले माउन्टेन स्पोर्टस फेडेरेशनका प्रदेश संयोजक समेत रहनुभएका गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट सहितको ६ सदस्यिय कार्यदल गठन गरिएको छ । जसको सदस्यमा लक्की क्षेत्री, बसन्त दवाडी, केशव पाठक, दिपक बहादुर गोदार र प्रतिमा गैरे रहनुभएको छ । उक्त समितीले प्रतियोगिता सफल बनाउन सचिवालयको भुमिका निर्वाह गर्नेछ भने प्रतियोगिता हुने खेलका जिल्ला अध्यक्षहरु सम्मिलित एक छुट्टै समिती समेत गठन गरिएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद विष्टले यस प्रकारको कार्यक्रमले गण्डकी प्रदेशलाई खेलकुद राजधानीका रुपमा परिचय गराउन तथा सहासिक खेलकुद गन्तव्यका रुपमा पहिचान गराउन सहज हुने बताउनुभयो । राखेपका सदस्य सम्पन्न श्रेष्ठले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता विभिन्न कारणले केही समय पछि सर्ने सम्भावना रहेकोले खेलकुदलाई चलायमान बनाउन पनि यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा राखेप सदस्य रेनुका श्रेष्ठले समेत ‘माउन्टेन स्पोर्टस फेस्टिभल’ले खेलकुद विकासका लागि नयाँ आयाम थप्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close