राखेप सदस्य राजेश गुरुङलाई मातृ शोक

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश गुरुङलाई मातृ शोक परेको छ ।

राखेप सदस्य गुरुङकी आमा जोग माया गुरुङको ७५ वर्षको उमेरमा आज पोखरामा निधन भएको हो । केही दिन देखि अस्वस्थ रहनु भएकी उहाँलाई उपचारका लागि मनिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको निधन भएको जनाइएको छ ।

पोखरा १५ रामवजार निवासी उहाँको अन्तिम संस्कार भोली विहान (शनिवार) ११ वजे पोखरा स्थित वौद्ध अर्घौ सदनमा गरिने भएको पारिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close