२२ औं सडक महोत्सव : टेनिसतर्फ सेमीफाइनलका समिकरण पुरा

पोखरा स्पोर्टस । २२ औं सडक महोत्सव अन्तर्गत पोखरामा जारि टेनिस भेट्रान्सतर्फ सेमीफाइनलका समिकरण पुरा भएका छन ।

रेष्टुरेन्ट एण्ड बार एसोसियसन (रेवान) पोखराद्वारा आयोजित उक्त प्रतियोगिता अन्तर्गत सिंगल्स र डवल्सतर्फका समिकरण पुरा भएका हुन । सम्पन्न सिंगल्सतर्फको फाइनलमा कर्मा तामाङ र विकास गुरुङ फाइनलमा भिड्ने भएका छन ।

सिंगल्सतर्फको सेमीफाइनलमा कर्मा तामाङले नविन श्रेष्ठलाई ६–३, २–६ र १०–८ को सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरे । त्यस्तै सिंगल्सतर्फको अर्को खेलमा विकास गुरुङले अमृत कार्कीलाई प्रतिष्पर्धात्मक खेलमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरे । बिकासले अमृतलाई ७–६, ५–७ र १०–५ को अंकले पराजित गरेका थिए ।

त्यस्तै डवल्सतर्फको खेलमा नविन श्रेष्ठ र नविन चालिसेको जोडीले राजु गुरुङ र पदम गुरुङको जोडीलाई ६–७, ६–४ र १०–२ को प्रतिष्पर्धात्मक खेलमा पराजित गर्दै फाइनलमा विकास गुरुङ र सूर्य भुजेलको जोडी सँग भिड्ने भएका छन । विकास र सूर्यको जोडीले भेट्रान्स टेनिसका अव्वल खेलाडी समेत रहेको जोडी दोर्जे लामा र लोक गुरुङको जोडीलाई ३–६, ६–४ र १०–२ को सेटमा पराजित गरेको टुर्नामेन्ट डाइरेक्टर निरज गुरुङले बताए ।

दुवैतर्फको फाइनल खेल मंगलवार सम्पन्न हुने कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष लोक गुरुङले जानकारी दिए । २२ औं सडक महोत्सव अन्तर्गत पहिलो पटक टेनिस खेलले स्थान पाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close