नव नियुक्त खेलकुद मन्त्री लामाको स्वागत, विश्वकर्माको बिदाई

काठमाडौं सम्वाददाता । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले आइतबार आफ्नो पदभार ग्रहण गर्नु भएको छ ।

सिंहदरवार स्थित युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच नवनियुक्त मन्त्री लामालाई स्वागत गरिएको हो । मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष शिव कोईराला, राखेप सदस्य–सचिव रमेश कुमार सिलवाल ,नेपाल स्काउटका प्रमुख लोकवहादुर भण्डारी, राखेप सदस्यहरु, मन्त्रालयका सह सचिव, उपसचिव, राखेप बिभागिय प्रमुखलगायतले आईतवार स्वागत गर्नुभएको थियो ।

स्वागतका अवसरमा मन्त्री लामाले खेलकुदको विकास र खेलाडीको भविष्य सुनिश्चित गर्नका लागि तत्कालिन, मध्यकालीन र दिर्धकालिन योजना ल्याउने बताउनु भयो । मन्त्री लामाले आईतवार खेलाडीको जिवन बृद्धि सम्बन्धी फायलमा हस्ताक्षर गरेर आफ्नो कार्य प्रारम्भ गर्नुभयो ।

यस अघि मन्त्रालयले निवर्तमान युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार(बिश्वकर्मा) लाई बिदाई गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीपरिषद हेरफेर तथा विस्तार गर्दा बिश्वकर्मा पदमुक्त हुनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close