“प्रधानमन्त्री सँगको राजनितिक परामर्श पछि मन्त्री पद छोडे”–विश्वकर्मा

पोखरा स्पोर्टस । युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा)ले प्रधानमन्त्री सँगको राजनितिक परामर्श पछि आफूले मन्त्री पदबाट राजिनामा दिएको बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार गर्नुभएको मन्त्री परिषदको पुर्नगठन पश्चात खेलकुद मन्त्रीबाट पदमुक्त हुनुभएका विश्वकर्माले सामाजिक सञ्जाल मार्फत उक्त कुरा सार्वजनिक गर्दै आफूलाई सहयोग गर्ने सवैलाई आभार व्यक्त गर्नुभएको हो ।

आफूलाई दिएको जिम्मेवारी निष्ठा, इमान र समर्पण भावका साथ आफ्नो परिभाषित जिम्मेवारी पूरा गर्ने कोशिश गरेको बताउनुहुँदै उहाँले भन्नुभएको छ–“करिव ३ वर्ष (३४ महिना) पछि श्रद्धेय प्रधानमन्त्रीज्यूको सँग भएको राजनितिक परामर्श पछि मन्त्री पदबाट विदा लिएको छु ।”

प्रधानमन्त्री सहित आफ्नो निर्वाचन क्षेत्र कास्कीका जनताप्रती आभार व्यक्त गर्दै कार्यकाल सफल बनाउन सहयोग गर्ने युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, राष्ट्रिय युवा परिषद, युवा स्वरोजगार कोष, नेपाल स्काउटका पदाधिकारीहरु, कर्मचारीहरु, युवा, खेलाडीहरु एबं खेलकुद सम्बद्ध सम्पुर्ण महानुभावहरु, सञ्चारकर्मीहरू लाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले शुक्रवार गर्नु भएको मन्त्री परिषदको पुर्नगठनमा सिन्धुपाल्चोकका दावा लामाले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close