गण्डकी प्रदेश क्रिकेट : कास्की बन्यो प्रदेश च्याम्पियन (फोटो फिचर)

पोखरा स्पोर्टस । गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ ।

कास्कीले लिग गन्र्तगतका तीनवटै खेलमा जित निकाल्नै ६ अंकका साथ च्याम्पियन बनेको हो । बुधबार भएको अन्तिम खेलमा कास्कीले नवलपुरमाथि ८६ रनको सानदार जित निकाल्यो । टस जितेको नवलपराशिले बलिङ्ग रोजेपछि क्रिजमा उत्रिएको कास्कीले पुरै ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो ।

कास्कीको तर्फबाट अर्जुन कुमालले ७७ रन बनाए । १ सय २७ बलको सामना गरेका उनले १० चौका प्रहार गरे । त्यस्तै, सुवास भण्डारीले ३४ रनको योगफल तयार पारे ।

नवलपुरको बलिङ्गमा विशाल पौडेलले २ तथा विज्ञान गौतम, लक्की सापकोटा र कमल परियारले एक एक विकेट लिए । जितका लागि २ सय २ रनको लक्ष्य पछ्याएको नवलपुरले १ सय १५ रनमा सम्पूर्ण विकेट गुमाएको थियो ।

जसमा राहुल शर्माले ३२ तथा सन्देश बस्नेतले अभिजित २९ रन जोडे । कास्कीको बलिङ्गमा विपिन खत्री र दिपेश खत्रीले ३÷३ विकेट लिए । सुवास भण्डारीले २ तथा अमृत गुरुङ्ग र देव शाहले १–१ विकेट लिएका थिए ।

प्रतियोगिताका तीन खेलमा ८ विकेट तथा ५३ रन बनाएका कास्कीका सुवाश भण्डारीले वेष्ट बलर साथै म्यान अफ द सिरिजको उपाधी पाउँदा कास्कीकै अर्जुन कुमाल उत्कृष्ट व्याट्सम्यान भए । उनले तीन खेलमा कुल १ सय ४२ रन जोडेका थिए ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ्ग, क्षेत्रिय खेलकुद विकास समितिका प्रमुख लक्ष्मण योगी, प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सीना, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा वेष्ट व्याट्स्म्यान घोषित अर्जुन कुमाललाई राखेप सदस्य राजेश गुरुङ्गले नगद १० हजार सहयोग उपलब्ध गराएका थिए । सो अबसरमा बोल्दै गुरुङ्गले खेलाडीले राष्ट्रका लागि धेरै योगदान दिएको उल्लेख गर्दै अब खेलाडीलाई पनि राष्ट्रले केहि दिनुपर्नेमा जोड दिए । आयोजक गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजुले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close