सहारा युकेका उपाध्यक्ष ले.रि.गुरुङ ‘तमु आदर्श अवार्ड’बाट सम्मानित

पोखरा स्पोर्टस । सहारा युकेका उपाध्यक्ष ले.रि.कुसाङ कुमार गुरुङ बेलायतको सबैभन्दा ठूलो सामाजिक संस्था तमु धिं युकेबाट सम्मानित हुनुभएको छ ।

तमु धिं युकेको आइतबार बेलायतमा सम्पन्न २० औं साधारण सभा तथा ११ औं अधिवेशनमा उहाँको सामाजिक योगदानको उच्च मुल्याङकन गर्दै तमु आदर्श अवार्डबाट सम्मान गरेको हो । तमु धिं युकेले हरेक वर्ष तमु आदर्श अवार्ड एकजनालाई यो अवार्डबाट सम्मान गर्दै आइरहेको छ । तमु धिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङले उहाँलाई दोसल्ला ओढाएर अवार्डवाट सम्मान गर्नुभएको थियो ।

सम्मान ग्रहण पछि पोखरा स्पोर्टस संग कुरा गर्दै ले.रि गुरुङले तमु धिं ले आदर्श अवार्ड जस्तो उच्च अवार्डबाट सम्मान गरेकोमा आभार प्रकट गर्नु भएको छ । उहाँले भन्नुभयो–“म आज निकै गौरवान्वित भएको छु मेरो कामको मुल्याङ्कन गर्नु भएकोमा म सवैसंग यो खुसी बाड्न चाहन्छु ।” तमु धिं युकेले प्रदान गर्ने यो अवार्ड हरेक वर्ष सबैका लागि चासोको विषय हुने गरेको बताउँदै उहाँले वर्तमान कार्यसमितीले ‘सरप्राइज’ रुपमा आफूलाई प्रदान गरेको बताउनुभयो ।

पर्वतको ठानामौलामा दिल बहादुर गुरुङ र माता धनसिरी गुरुङको कोखमा पहिलो सन्तानको रुपमा जन्मनु भएका भद्र, शालीन व्यक्तित्वका रुपमा सवैका विच परिचित हुनुहुन्छ भने बेलायती सेनाका सेवा निर्वित ले.गुरुङ धावकको रुपमा समेत चर्चित हुनुहुन्छ ।  उहाँले प्रारम्भिक शिक्षा श्री जन ज्योती निम्न माध्यामिक विद्धालय बाट शुरु गर्नु भयो थियो माध्यामिक स्तरको अध्यायन श्री शहिद माध्यामिक विद्धालय पन्चमूल स्याङ्गजा बाट पूरा गर्नु भएको छ ।

विश्वकै एकदमै कठिन मानिएको कोटाकिनाबालु दौड प्रतियोगितामा ले.रि. गुरुङले १९९१ देखि १९९३ सम्म तीन पटक लगातार जित्नु भएको किर्तीमान ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ अहिले सम्म कसैले तोडन सकेको छैन । सन १९८३ मा  बेलायती सैनिक सेवामा भर्ना हुनुभएको उहाँ बृटिश फोर्सेस हंगकंग क्रस कन्ट्री बिजेता (१० पटक भन्दा बढी), बृटिश फोर्सेस खुद रेस बिजेता, ब्रिटिश आर्मी क्रस कन्ट्री समुह स्वर्ण पदक, बृटिश आर्मी एथ्लेटिक्स समुह स्वर्ण पदक, फोर पिक रेस हंगकंग किर्तिमानी समय सहित स्वर्ण पदक, अन्तर्राष्ट्रिय एभरेष्ट म्याराथन रजत पदक जित्नु भएको छ भन यस बाहेक १२ वटा म्यारथन दौड तथा २३ वटा हाफ म्याराथन उहाँले पूरा गर्नु भएको छ ।

किर्तिमानधारी धावक तथा समाजसेवी गुरुङ करिव एक दर्जन संघ–संस्थामा रहेर खेलकुद र सामाजिक अभियानमा बेलायतमा नै रहेर सक्रिय हुनुुहन्छ । उहाँ तमु धीं यूकेको सल्लाहकार, चार भन्ज्यांग तमु समाज यूके मा सल्लाहकार, एन.आर.एन यू के का सल्लाहकार, क्याम्बर्ली नेप्लिज गोर्खा सोसाइटीको सल्लाहकार, पर्बत वेलफेयर सोसाइटी सल्लाहकार र सहारा यूकेको उपाध्याक्ष तथा, रह्न्मै समाज यूकेका अध्यक्ष हुनुहुन्छ । बिशेषगरी लामो दौड र गल्फ खेल्न मन पराउनु हुने उहां धर्मपत्नी पन्च कुमारी गुरुङ, छोरा कुन्जन र छोरी प्रिप्ती सहित हाल युकेको क्याम्बर्लीमा बसोबास गर्दै आइरहनुभएको छ ।

तमु धिं युकेबाट प्रदान गरिने ‘तमु आदर्श अवार्ड’बाट ले.रि गुरुङ सम्मानित हुनुभएपछि सहारा युकेका अध्यक्ष कुमार गुरुङले खुसी व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो–“यो सम्मान उहाँ जस्तो व्यक्तित्वले ‘डिजर्भ’ गर्नुहुन्थ्यो, हामी सहारा परिवार निकै गौरवान्वित भएका छौं र उहाँलाई हार्दिक वधाई दिन चाहन्छौ ।”

तमु धिं युकेको अध्यक्षमा हितकाजी

यसै विच तमु धि युकेको बेलायतमा सम्पन्न २० औं साधारण सभा तथा ११ औं अधिवेशनले हितकाजी गुरुङलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । कोभिड–१९ का कारण इतिहासमा नै पहिलो पटक तमु धि को अधिवेशन भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । यस अघि तमु धिं युकेको अध्यक्षमा नन्दजङ्ग गुरुङ रहनु भएको थियो । बेलायतमा स्थापना भएको तमु धि युकेले नेपालको सामाजिक, खेलकुद, शिक्षा र पर्यटन क्षेत्रको विकासमा अहम भूमिका खेल्दै आएको छ भने युकेमा गोर्खा कप, नेपाली मेला लगाएतका महत्वपूर्ण कार्यक्रमहरु समेत आयोजना गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close