
पोखरा स्पोर्टस । लुम्विनी प्रदेशको दाङमा आयोजना हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट संघले महिला खेलाडीको छनोट सम्पन्न गरेको छ ।
सो वारे जानकारी दिंदै कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले कास्की जिल्लावाट ३ जना वैकल्पिक सहित १७ जना खेलाडी छनोट गरिएको जानकारी दिनुभयो । “हामीले १७ जना खेलाडी छनोट सम्पन्न गरेका छौं, अव छनोट भएका खेलाडीले गण्डकी प्रदेश स्तरिय छनोट क्रिकेट प्रतियोगितामा सहभागी हुनेछन”–उहाँले भन्नुभयो ।

गण्डकी प्रदेश महिला छनोट प्रतियोगिता पुषको १ देखि ३ गते सम्म सञ्चालन हुने भएको छ । कास्की जिल्लाबाट छनोट भएका खेलाडीमा सृष्टी पौडेल, सृजना पौडेल, एलिशा क्षेत्री, गंगा लुयाली, प्रमिला वानिया, शिला रेग्मी क्षेत्री, धन छन्त्याल, स्मृती गुरुङ, प्रतिमा वानियाँ, विन्दु थापा मगर, त्रिस्ना देवकोटा, मिसेल परियार, प्रतिक्षा सुवेदी र स्मृती कुवर रहेका छन । त्यसै गरि वैकल्पिकमा एलिना सुनार, शुरक्षा क्षेत्री र अनुष्का बराल रहेका छन ।
