हाप्कीडो सेमिनार सम्पन्न

पोखरा स्पोर्टस । नेपाल मार्सल आर्ट हाप्कीडो एसोसीएसनको आयोजनामा चौथो राष्ट्रिय इन्सट्रक्टर,सेल्फ डिफेन्स एजुकेसन, लिडर सीप तथा रेफ्रि सेमिनार नेपालगञ्जमा सम्पन्न भएको छ । तिनै कार्यक्रममा सहभागिहरुलाई लुम्बिनी प्रदेशका सामाजीक विकास मन्त्री शुदर्सन बरालले बधाइ तथा शुभकामना प्रदान गरे ।

बाँके जिल्ला मार्सल आर्ट हाप्कीडो एसोसीएसनको आयोजना तथा नेपाल मार्सल आर्ट हाप्कीडो एसोसीएसनको सहयोगमा सञ्चालीत कार्यक्रममा सहभागिहरुलाई संघ अध्यक्ष मास्टर काली बहादुर घर्ती मगर तथा मुख्य प्रशिक्षक सुस्मिता गुरुङ लगायतले प्रशिक्षण प्रदान गरेका थिए । नेपालगञ्ज रंशालामामा भएको कार्यक्रमको समापन समारोहमा प्रदेश नं तिन प्रदेश सभा सदस्य लाल कुमारी पुन, राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्र विक्रम लाखे र सावित्रा चौधरी ,बक्सीङका मुख्य प्रशिक्षक प्रकास थापा मगर,ओलम्पियन दिपक विष्ट तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ लगायत अतिथीको उपस्थिती थियो ।

प्रमुख अतिथी बरालले राज्यको कम लगानीका बाबजुद खेलाडीको ब्यक्तिगत पहलमा धेरै सफलता पाएको वताए । कार्यक्रममा बोल्दै अध्यक्ष घर्ती मगरले राष्ट्रिय खेलकुदमा पाउने सफलतामा पदक वापत नगद पुरस्कार महत्वपूर्ण रहने वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close