गौतम वुद्ध क्रिकेट रंगशालामा पहिलो पटक खेल्दै राष्ट्रिय टिमका खेलाडीहरु

पोखरा स्पोर्टस । चितवन स्थित धुर्मुस सुन्तली फाउण्डेसनद्वारा निर्माण भइरहेको गौतम वुद्ध क्रिकेट रंगशालाको नमुना क्रिकेट खेल मैदानमा क्रिकेट प्रतियोगिता हुने भएको छ ।

कोभिड–१९ महामारी पछि पहिलो पटक राष्ट्रिय टिम सम्मिलित टोलीका खेलाडीहरु चितवनमा यहि मंसिर २७ देखि ३० गते सम्म खेल्न लागेका हुन । तिन टोली विच हुने प्रतिष्पर्धा राउण्ड रोविन अन्तरगत सञ्चालन हुने प्रतियोगिता व्यवस्थापन गरिरहेको क्विइन्स इभेन्टका प्रवन्ध निर्देशक तथा नेपाल क्रिकेट संघका सदस्य छुम्वी लामाले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“सवै राष्ट्रिय टिमका खेलाडीहरु चितवन पुग्दैछन, राष्ट्रिय टिमका खेलाडी सम्मिलित ३ वटा टिम तयार गरि राउण्ड रोविन अन्तरगत प्रतिष्पर्धा गराउँदै छौं ।” उनले प्रतियोगिता मुख्य रंगशालामा नभई सोही परियोजना भित्रको नमुना क्रिकेट खेल मैदानमा हुने जानकारी दिए ।

धुर्मुस सुन्तली फाउण्डेशनद्वारा चितवनको भरतपुरमा निर्माणाधिन अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणमा सहयोग पुर्याउने हेतुले प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था बागमती प्रदेश क्रिकेट संघले जनाएको छ । प्रतियोगिता सफल बनाउन बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले समेत सहयोग गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close