
पोखरा । विश्वको परम्परागत तथा सांस्कृतिक खेलहरुको संस्थाहरुको अन्तर्राष्ट्रिय महासंघ वर्ल्ड एथ्नोस्पोर्टसको ‘कन्ट्री मेम्बर’को रुपमा पर्वतीय खेलकुद महासंघ नेपालले आवद्धता पाएको छ ।
वर्ल्र्ड एथ्नोस्पोर्टसका अध्यक्ष डा. एलेक्सी क्यलासोवले पर्वतीय खेलकुद महासंघ नेपालका अध्यक्ष गोबिन्द भट्टराईलाई राखेप बोर्ड सदस्यमा मनोनयन भएकोमा बधाई दिदै पत्र मार्फत आवद्धताको जानकारी दिएको महसचिब संजिव पाण्डेले जनाएका छन ।
प्रकृती, सहासिक तथा संस्कृतीमा आधारित खेलहरु मार्फत दिगो पर्यटनको वकालत गर्दै आईरहेको पर्यटकीय खेलकुद महासंघले नेपालमा एथ्नोस्पोर्टसका गतिविधिहरु बारे अध्ययन गर्दै युनेष्को नेपाल संग सहकार्य शुरु गरेको संस्थाका महासचिब पाण्डेले उल्लेख गरेका छन ।
विश्वभर पर्यटकीय खेलकुदको रुपमा एथ्नोस्पोर्टस निकै प्रख्यात हुदैं आएको अवस्थामा नेपालमा समेत यस खेल प्रतिको आकर्षण बढदो रहेको र लात्भियाको रिगामा सचिवालय रहेको यस संस्थाको हालै युनेष्कोको पार्टनर अर्गनाइजेसन रुपमा समेत चयन भएको छ ।
