कोरोना कहरमा ५७ औं खेलकुद दिवश ! सुनसान खेल मैदान, निरास खेलाडी !“अग्रजहरुको योगदानले खेलक्षेत्रले फडको मारेको छ”–मन्त्री विश्वकर्मा

केशव पाठक/ पोखरा । विश्वव्यापी रुपमा कोरोनाको कहर जारी रहे सँगै आज नेपालमा खेलकुद दिवश मनाइँदै छ ।

नेपालको खेलकुद विकासका लागि आजकै दिन राष्ट्रिय खेलकुद परिषद (राखेप)को स्थापना भएको अवसरमा खेलकुद दिवश मनाउने प्रचलन रहिआएको हो । आज राखेप ५६ औं वर्ष पार गर्दै ५७ औं वर्षमा प्रवेश गरेको छ । तर नेपालमा कोरोनाको कहर बढे सँगै यतिवेला खेलकुद ठप्प छ ।

खेलकुद रंगशाला र मैदान सुनसान मात्रै छैनन खेलाडी निराश हुँदै घरमा वस्न वाध्य छन भने खेलकुदको माध्यमबाट मनोरञ्जन लिने खेलप्रेमीहरु समेत विश्वजगतले खेपिरहेको कोरोनाको कहरका विच आफूलाई उभ्याउन प्रयत्नशिल छन । खेलकुद दिवशको ५७ औं स्थापना दिवश खुसीयाली मनाउने दिनका रुपमा रहे पनि सबैका लागि निराशमय दिनका रुपमा रहेको छ ।

यसै विच युवा तथा खेलकुद मन्त्री जगत वहादुर विश्वकर्माले अग्रजहरुको योगदानले नै खेलकुद क्षेत्रले ठुलो फडको मारेको बताएका छन । ५७ औं राष्ट्रिय खेलकसद दिवशका अवसरमा शुभकामना दिँदै उनले उक्त कुरा बताएका हुन । उनले भनेका छन–“अहिले नेपाली खेलकुदले जुन सफलता प्राप्त गरेको छ, त्यो अग्रजहरुको त्याग र योगदानकै कारणले हो ।”

विगतको प्रतिकुल समयका वावजुद पनि अग्रजहरुले खेल विकासमा जुन योगदान गरेका छन त्यो अविश्मरणिय रहेको बताउँदै राखेपका अध्यक्ष समेत रहेका मन्त्री विश्वकर्माले भने–“आजको पावन अवसरमा हामी ति अग्रजको योगदानलाई स्मरण  गर्दै आभार प्रकट गर्न चाहन्छौ ।” उनले सम्पुर्ण खेलाडी, प्रशिक्षक, खेल संघका पदाधिकारी, खेल पत्रकार तथा सम्पुर्ण खेलप्रेमीहरुलाई ५७ औं राष्ट्रिय खेलकुद दिवशका अवसरमा शुभाकामना व्यक्त गर्दै नेपालले १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा पाएको सफलताले सबैमा उत्साह जगाएको बताए ।

नेपालको वदलिदोँ परिवेश सँगै नेपाली खेलक्षेत्रको पुर्वाधार निर्माणले गति लिएको बताउँदै मन्त्री विश्वकर्माले खेलाडीहरुले पाएको सुविधाले पनि नयाँ पुस्तालाई खेलतर्फ आर्कषित गर्न थप बल मिलेको बताए । उनले भने–“अहिले नेपाल खेल समृद्धि तर्फ अघि बढेको मात्रै छैन सिङ्गो समाज खेलमैत्री वन्दै गएको छ”, उनले थपे–“सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखे सँगै लोकप्रियता समेत बढ्दै गए पनि ओलम्पिकको ऐरिनामा लक्ष्य भेट्टाउन अझै धेरै संघर्ष गर्न वाँकी नै छ ।”

विश्वको महामारीका रुपमा फैलिएको कोरोनाले नेपाल सङै विश्वको खेलकुद जगत प्रभावित भइरहेको बताउँदै मन्त्री विश्वकर्माले खेलकुदमा नयाँ चुनौती थपिएको बताए । उनले भने–“अहिले विश्वनै चुनौतीपुर्ण घडीमा छ, कोरोनाले सामाजिक, साँस्कृतिक जिवन सँगै शैक्षिक, खेलकुद, आर्थिक लगाएत सम्पुर्ण अवयवहरुमा नकारात्मक प्रभाव पारे सँगै नयाँ चुनौती थपेको छ ।”

बर्तमानको चुनौतीपुर्ण घडीलाई समेत सामना गर्दै समेत खेलाडीका नियमित प्रशिक्षणहरु तथा प्रतियोगिताहरु पुर्नव्यवस्थित गर्दै अगाडी वढनुपर्ने उनले बताए । “आजको महत्वपुर्ण दिनले सवै चुनौतीको सामाना गर्दै खेलक्षेत्रका नियमित प्रशिक्षण, खेल पुर्वाधारको निर्माण सङ्गै खेलक्षेत्रको समृद्धी हासिल गर्ने प्रेरणा सवैलाई मिलोस,”उनले भने ।

राष्ट्रिय खेलकुद दिवशको अवसरमा शुभकामना व्यक्त गर्दै राखेपका सदस्य सचिब रमेश कुमार सिलवालले यति वेला नेपालीजन मात्रै नभई विश्वप्यापी रुपमा कोरोनाको महामारीवाट ग्रस्त रहे पनि छिट्टै नेपाली मात्रै नभई विश्वका सबै नागरिक यस महामारीवाट मुक्त हुन सफल हुँदै कुनै पनि क्षती व्योर्हन नपरोस भन्ने कामना गरेका छन ।

सम्पुर्ण खेलाडी प्रशिक्षक, खेल पत्रकार तथा सवै खेलप्रेमीहरुमा सुस्वास्थ्यको कामना गर्दै पोखरा स्पोर्टस सँग कुरा गर्दै सदस्य सचिव सिलवालले भने–“आजको दिनबाट खेलकुदले छिटो गति लिदैं हिजोको भन्दा पनि अव्वल स्थिती प्राप्त गर्न सफल हुनेछ ।” उनले आजको दिनले खेलकुदमा सवैलाई अझै गतिसिल रुपमा लाग्ने प्रेरणा सवैमा मिलोस भन्दै शुभकामना समेत दिए ।

यसै गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद संघका अध्यक्ष दिपक श्रेष्ठले समेत एक सन्देश मार्फत सम्पुर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई शुभकामना दिएका छन । उनले एक सन्देश मार्फत भनेका छन–“देश विदेशमा रहनुभएका सबै खेलाडी, खेलमा आवद्ध प्रशिक्षक, खेलकुद संघका सम्पुर्ण पदाधिकारी र खेलाडीलाई माया गरेर हौसला बढाउने खेलप्रेमीहरुलाई ५७ औं खेलकुद दिवशका अवसरमा शुभकामना दिन चाहन्छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close