खेलप्रेमी सबैप्रति आज हार्दिक शुभकामना ! (कविताः खेलकुद)

-सीता तिमिल्सिना
प्रविधिले मानव जीवन अति सहज बनेको छ
शारीरिक श्रम धेरै मानिसबाट टाढा भएको छ
रोग नजिकिन्छन् शारीरिक श्रम टाढा हुँदा
अस्वस्थता बढेको छ खेलको महत्व नबुझ्दा ।

सुन्दा त खेल्ने र कुद्ने काम खेलकुद हुन्छ
जीवनलाई अवर्णनिय फाइदा यसबाट छ
शारीरिक मानसिक विकास गर्न व्यायाम चाहिन्छ
खेल खेल्ने मानिस त निरोगि र फुर्तिलो बन्छ ।

अनुशासनमा रही असल नागरिक बन्न
अवसर छोप्न सक्ने बानीको बिकास गर्न
स्वस्थ,सङ्घर्षशीलताको शैली ग्रहण गर्न
विनाखेल् सामूहिक सहकार्यको विकास हुन्न ।

नियमको सिमाभित्र खेलिन्छ समूहमा खेल
मनोरञ्जनका साथै हुन्छ त्यहाँ मैत्री मेल
मित्रता र विश्व बन्घुत्वको भाव विकास हुन्छ
खेलप्रेमी बन्न सके त जीवन निरोगि बन्छ ।

मान, सम्मान खेलाडीलाई खेल क्षेत्रले दिलाउँछ
प्रतिष्ठा र समृद्धि आर्जनमा पनि सफल बन्छ
कीर्तिसमेत फैलाएर सकिन्छ अमर हुन
खेलाडीले राष्ट्रको झन्डा फहराउँछन् विश्वमा ।

विश्वले अहिले खेललाई महत्व दिएका छन
हरेक वर्ष प्रतिस्पर्धात्मक खेल भएका छन्
खेलाडीको हौसला बढाउने काम धेरै हुन्छन्
तिनैको नाम इतिहासका पानामा लेखिन्छन् ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खेल क्षेत्रमा हुन्छन्
सफल खेलाडीलाई त संसारले नै चिन्छन्
पुरानो सोच त्यागेर बुझौँ खेलको महत्व
खेल क्षेत्रमा लाग्नेले बुझ्न सक्छ विश्व बन्धुत्व ।

राज्यले लगानी ठुलो गर्दैछ खेलको क्षेत्रमा
खेलाडी लागेका छन् बढाउन राष्ट्रको गरिमा
हामी सबै लाग्नु पर्छ व्यक्तित्व माथि उठाउन
खेलप्रेमी सबैप्रति आज हार्दिक शुभकामना ।
पोखरा १० रामघाट (भाद्र १३)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close