
पोखरा । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट महिला टोलीलाई कोरोना विमा गराएको छ ।
राष्ट्रिय टोलीका सिनियर १८ जना खेलाडीको विमा गराइएको क्यान द्वारा जारी विज्ञप्तीमा जनाइएको हो । विज्ञप्तीमा यस अघि पुरुष राष्ट्रिय राष्ट्रिय टोली सहित, क्यान कार्यालयका कर्मचारी र ग्राउण्ड स्टाफ गरि ५१ जनालाई विमा गराएको जनाएको छ ।
महिला टोलीलाई भने दोश्रो चरणमा विमा गराईएको क्यानका सचिव अशोक नाथ प्याकुरेल द्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाएका छन ।
कोभिड १९ को प्रकोप वढे संगै राष्ट्रिय खेलकुद परिषदले खेलकुदका सवै गतिविधीमा रोक लगाएको छ जसका कारण कुनै पनि खेलका प्रशिक्षणहरु हुन सकेका छैनन ।
