एनओसी पदाधिकारीहरुको गरियो कोरोना परीक्षण

पोखरा । नेपाल ओलम्पिक कमिटी (एनओसी)का पदधिकारीहरुको आज काठमाण्डौमा कोरोना परीक्षण गरिएको छ ।

एनओसीका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य जिवनराम श्रेष्ठ सहित पदाधिकारी र कार्यसमितीका सदस्यहरुको कोरोना परीक्षण गरिएको हो । गत साउन ३१ गते एनओसीमा कार्यरत २ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि अध्यक्ष सहित सबैको परीक्षण गरिएको महासचिब निलेन्द्रराज श्रेष्ठले बताए ।

एनओसी कार्यालयमा दैनिक आवतजावत गर्ने कर्मचारी र पदाधिकारीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गरिएको महासचिव श्रेष्ठले बताए । “यो समय निकै सतर्क र शुरक्षित भएर वस्ने वेला समेत हो” उनले भने–“हामी कार्यालयको काममा धेरै पटक आउने जाने काम भयो, कर्मचारीमा देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण भएको हो ।”

कोरोना परीक्षण गरिएकाहरुमा महासचिब श्रेष्ठ, उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, उपाध्यक्ष ज्योती राणा, उपाध्यक्ष अशोक रत्न वर्जाचार्य, मेडीकल कमिशन अध्यक्ष डा. सरोज कृष्ण श्रेष्ठ, स्पोर्टस फर अल कमिशनका अध्यक्ष विष्णु गोपाल श्रेष्ठ, कार्यकारी समितीका सदस्य लगाएत सबै कर्मचारीहरु गरि २० जनाको परीक्षण गरिएको छ ।

गत साता मात्रै एनओसीमा कार्यरत कर्मचारीहरुको परीक्षण गरिएपनि अन्यको भने गरिएको थिएन । गत साउन २८ गते एनओसीमा कार्यरत ८ जना कर्मचारीहरुको कोरोना परीक्षण गरिएकोमा साउन ३१ गतेको नतिजामा २ जनाको पोजेटिभ देखिएको थियो । एनओसीले पदाधिकारीहरु संगै आफ्ना सबै कर्मचारीहरुको पुनः परीक्षण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close