बाल खेलाडी आर्यनलाई वर्ल्ड बुक अफ रेकर्ड अवार्ड

पोखरा । नेपाली बाल कराते खेलाडी आर्यन रन्जितले वर्ल्ड बुक अफ रेकर्ड, युके अवार्डबाट मंगलबार सम्मानित भएका छन् ।

गुठी संस्थानका अध्यक्ष मीनराज चौधरी र वर्ल्ड बुक अफ रेकर्ड, युके, नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले अर्यानलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए । खेलकुद क्षेत्रबाट नेपालबाट सम्मानित हुने आर्यन पहिलो भएको उनका पिता सञ्जयले जनाएका छन् ।

सानो उमेरमा खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै आर्यनलाई यो अवार्डबाट सम्मान गरिएको बताइएको छ । त्यसका लागि नेपाल ओकिनावा सुरिकेन सोरिन रियो कराते डो संघका अध्यक्ष किसनराज सिंहले पहल गरेको बताइएको छ ।

आर्यनले नेपालमा भएको विभिन्न पाँच अन्तर्राष्ट्रिय कराते प्रतियोगिता खेलेका छन् । पाँचैमा उनले स्वर्ण जित्नुका साथै उत्कृष्ट खेलाडी भएका थिए । भारतमा भएको दुई अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नौ वर्षीय आर्यनले दुवैमा स्वर्ण जितेका थिए । सिंगापुरमा भएको प्रतियोगितामा उनी तेश्रो भएका थिए । आर्यनले थाइल्यान्ड र मलेसियामा भएको प्रतियोगितामा पनि सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close