राखेपमा नवनियुक्त वोर्ड सदस्यहरुले लिए सपथ

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप)का नवनियुक्त वोर्ड सदस्यहरुले आज सपथ लिएका छन ।

काठमाण्डौमा आयोजित एक कार्यक्रममा मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) संग नवनियुक्त ६ जना वोर्ड सदस्यहरुले सपथ लिएका हुन । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार नियुक्त भएका रिम बहादुर रानाभाट र इन्दिरा निरौला, सम्पन्न श्रेष्ठ, गोविन्द भट्टराई, सुभाष श्रेष्ठ र अर्जुन वहादुर केसीले पद तथा गोपनियताको सपथ लिएका थिए ।

नेपालको खेलकुद विकास ऐन २०७७ अनुसार मन्त्री विश्वकर्माले गत साउन १५ गते उनीहरुलाई ४ वर्षका लागि राखेपको वोर्ड सदस्यमा नियुक्त गरेका थिए । नवनियुक्त राखेप सदस्य रानाभाट र निरौला खेलकुद विज्ञका रुपमा तथा सम्पन्न श्रेष्ठ, सुभाष श्रेष्ठ र अर्जुन वहादुर केसीले खेलकुद संघबाट नियुक्ति पाएका थिए । त्यसै गरि शाहसिक तथा पर्यटकिय खेलकुदबाट गोविन्द भट्टाराईले नियुक्ती पाएका थिए ।

सो अवसरमा राखेपका उपाध्यक्ष शिव कोइराला र सदस्य सचिब रमेश कुमार सिलवालको समेत उपस्थिती रहेको थियो । ३७ सदस्यिय राखेपको वोर्डमा हाल सम्म उपाध्यक्ष, सदस्य सचिब र ६ जना सदस्यले नियुक्ती पाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close