
पोखरा । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा सहभागी भएका मध्ये एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कतार विश्वकप छनोट र एसियन कप छनोट खेल्ने ३४ खेलाडीसहित प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारी गरि ५४ जनाको कोरोना परीक्षण गरिएकोमा विहिवार ५३ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । बाकिँ एक जनाको नमुना पुनः परीक्षणका लागि पठाइएकोमा शुक्रवार नतिजा पोजिटिभ आएको छ । खेलाडीहरुको लगनखेल स्थित पाटन अस्पतालमा स्वाब संकलन गरि परीक्षण गरिएको थियो ।
एफसीले एशियामा कोरोनाको सक्रमण बढेको भन्दै विश्वकप छनोट खेल संगै एशियन छनोटका खेलहरु स्थगित गरेको छ । नेपालले असोजमा चाईनिज ताइपेई र अष्ट्रेलियासँग तथा कात्तिकमा जोर्डनसँग खेल्ने तालिका थियो । कोरोना महामारीका कारण विश्वकप छनोट र एसियन छनोटका खेलहरु भने रद्द भइसकेका छन् भने बन्द प्रशिक्षण कार्यक्रम पनि पछि स्थगित भइसकेको छ । कतिपय खेलाडीहरु घर फर्काइएको एन्फाले जनाएको छ ।
