
पोखरा । कोरोनाको कहर जारि रहेकै बेला कास्की जिल्ला बक्सिङ संघको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
कोरोना शुरु भए यता सम्भवत कास्कीको खेल क्षेत्रमा पहिलो अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले सुमन कुमार श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको छ ।
अधिवेशनले १३ सदस्यि कार्यसमिती समेत सर्वसम्मत रुपमा निर्वाचित गरेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख एवम निर्वाचन समितीका संयोजक लक्ष्मण प्रसाद योगीले बताए ।

यसै गरि संघको वरिष्ठ उपाध्यक्षमा रामराज अधिकारी, उपाध्यक्षमा राज बहादुर कोइराला, सचिवमा सञ्जिव श्रेष्ठ र कोषाध्यक्षमा सुनिल विसी रहेका छन । यसै गरि सदस्यमा वरिष्ठ बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानी, सन्तोष कार्की, आइत सिंह गुरुङ, छविलाल कुँवर, ऋषिसरा थापा, देवेन्द्र केसी र जित बहादुर पुन रहेकाछन ।
कार्यक्रममा कास्की जिल्ला वक्सिङ संघले वरिष्ठ बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई राष्ट्रिय खेलकुद परिषदमा रहेर लामो योगदान दिंदै हालै सेवानिर्वित भएकोमा सम्मान गरेको थियो । त्यसै गरि कार्यक्रममा कास्की जिल्ला बक्सिङ संघलाई सहयोग गर्नेहरुलाई समेत मायाको चिनो द्वारा सम्मान गरिएको थियो ।

संघका अध्यक्ष वुद्ध गुभाजुको अध्यक्षतामा समपन्न कार्यक्रमको उद्घाटन राखेपका सदस्य राजेश गुरुङले गरेका थिए । कार्यक्रममा पुर्व राष्ट्रिय बक्सिङ खेलाडी गणेश बहादुर भट्टराई, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख योगी, गण्डकी प्रदेश बक्सिङ संघका अध्यक्ष राजेन्द्र पाहारी लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
निर्वाचन समितीमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका लेखा प्रमुख डिवी नेपाली र कास्की जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख प्रकाश बराल रहेको संघले जनाएको छ ।
