स्क्वासमा गण्डकी प्रदेशका अमृत फाइनलमा प्रवेश

पोखरा, २९ चैत । आठौं अन्तरगत ११ औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा गण्डकी प्रदेशका प्रदेश अमृत थापा मगर फाइनलमा प्रवेश गरेका छन् । उनी सङै प्रदेश ३ का प्रवीणवीर सिंह कंशाकार पनि फाइनल प्रवेश गरेका छन ।

सातदोबाटोमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा प्रवीणले आफ्नै प्रदेशका राजेन्द्र शाक्यलाई ६–११, ११–४, ११–७, १३–१५ र ११–७ तथा अमृतले प्रदेश २  का दीपक थापालाई ११–६, ११–८ र ११–३ ले पराजित गरे ।

महिला सिंगल्सको राउन्ड रोविनमा अपराजित प्रदेश ३ की भावना सुनुवारले प्रदेश ३ कै मन्जिला मगरलाई ११–३, ११–० र ११–४ ले हराइन् । भावनाको तेश्रो जित हो । दोहोरो जित निकाल्ने क्रममा प्रदेश ३ की विपना ब्लोनले प्रदेश ३ की स्वास्थानी श्रेष्ठलाई ११–६, ११–८, ८–११ र ११–६ तथा गण्डकीकी सालिनी घिमिरेलाई ११–३, ११–३ र ११–३ को सेटमा पाखा लगाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close