रातीखहरे खेलमैदानलाई प्रदेश सरकारको ६० लाख

पोखरा । पोखरा १५ स्थित निर्माणाधिन रातीखहरे खेलमैदान निर्माण गर्न गण्डकी प्रदेश सरकारले ६० लाख विनियोजन गरेको छ ।

प्रदेश सरकारले आव २०७७/०७८ का लागि विनियोजित रकम मध्ये सामाजिक विकास मन्त्रालयबाट रु.१० लाख र प्रदेश अन्तरगत स्थानिय तह शसर्त अनुदान रु. ५० लाख गरि कुल ६० लाख बिनियोजन गरेको हो ।

पोखरा महानगरपालिका कार्यालय वडा नं १५ ले मैदानको निर्माण कार्यलाई तिव्रता दिन १ करोड ५४ को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार गरेको थियो । आर्थिक वर्षमा नै यसलाई सम्पन्न गर्ने गरि निर्माण कार्यलाई अघि वढाइने वडा नं. १५ का अध्यक्ष प्रकाश पौडेलले बताए ।

अध्यक्ष पौडेलले डिपिआर अनुसार रकम नपुग भएपनि महानगर र अन्य क्षेत्रबाट स्रोत जुटाउन आफुले पहल थाल्ने बताए । उनले भने–“यो मैदानलाई नमुना मैदानको निर्माण गर्ने सोच बनाएका छौं, त्यसैले पनि सबै क्षेत्रको सहयोगका लागि आग्रह गर्छु ।”

प्रदेश सरकारबाट प्राप्त रकमका लागि निर्माणमा खटिएका वडा नं १५ का सदस्य तथा कास्की जिल्ला समन्वय समिती कास्कीका सदस्य समेत रहेका तोरण बानियाले प्रदेश सरकारलाई आभार व्यक्त गरेका छन । “जुन सोचका साथ हामीले यो मैदान निर्माण गर्दैछौ यसमा प्रदेश सरकारले चासो दिएकोमा आभार व्यक्त गर्न चाहन्छु” उनले भने–“भावी पुस्ताका लागि खेलाडी उत्पादन गर्न यो मैदानको भुमिका रहनेछ ।”

रातीखहरे खेल मैदान भावी उत्पादनका लागि महत्वपुर्ण थलो हुने सहारा क्लवका पुर्व अध्यक्ष विरभद्र आचार्यले बताएका छन । उनले भने–“अहिले समाजमा युवा पुस्तामा फैलिदैं गएको विकृती विसंगतीलाई रोक्दै स्वाभिमानी नागरिक संगै भावी खेलाडी उत्पादनमा यो मैदानको भुमिका रहने छ ।” स्मरणिय के छ भने चालु आवमा मैदान निर्माण गर्न ५ लाख खर्च भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close