खेलाडीलाई उत्साह जगाउन मन्त्रालय गम्भिर छ–मन्त्री विश्वकर्मा

पोखरा । युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा)ले  खेलाडीलाई उत्साह जगाउन युवा तथा खेलकुद मन्त्रालय गम्भिर भएर अगाडी बढ्ने बताएका छन ।

आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट अन्तरगत युवा तथा खेलकुद मन्त्रालयबाट प्रस्तावित बजेटको विषयमा राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै उक्त कुरा बताएका हुन । १३ औै दक्षिण एशियाली खेलकुद सागमा प्राप्त सफलताकालागि खेलाडी र प्रशिक्षकले गरेको मेहनतका कारण उनीहरुलाई उत्साह जगाउन पनि पुरस्कार घोषणा गरि सम्मान गरिएको बताए ।

खेलाडीको जिवनको भविष्यको शुरक्षा महत्वपुर्ण विषय रहेको यो कुरालाई हृदयगंम गरि खेलाडीले पुर्याएको योगदानको कदर गर्न सरकार गठन भए संगै मासिक रुपमा सम्मान भत्ता प्रदान गर्न सुरुवात गरिएको मन्त्री विश्वकर्माले बताए । धेरै प्रतिकुलताका बावजुद पनि १३ औं सागमा खेलाडीले देखाएको उत्साहका लागि उनीहरुको योगदानको कदर गर्दै खेलाडीहरुलाई मासिक ६ हजार भत्ता दिन सुरुवात गर्न लागिएको उनले बताए ।

सरकारका नितिहरु र निर्दिष्ट उद्धेश्य र लक्ष्यका साथ बजेट विनियोजन भएको बताउँदै मन्त्रालय युवा तथा खेलकुदमा उठेका विषयमा अझै गम्भिर भएर अगाडी बढाउने मन्त्री विश्वकर्माले बताए । यति बेला सुशासन संगै राष्ट्रिय समृद्धी हासिल गर्न विकासको मेरुदण्डको रुपमा रहेको युवा शक्ती परिचालन गर्न नसके सम्म त्यो हासिल गर्न नसक्ने उनले उल्लेख गरे ।

राष्ट्रिय लक्ष्य हासिल गर्न युवाहरुलाई दक्ष र क्षमतावान योग्य बनाउँदै श्रम र शिप संग जोड्न आवश्यक रहेको बताउँदै मन्त्री विश्वकर्माले युवाहरुलाई आत्मनिर्भर बनाउँदै उनीहरुलाई खोज र अनुशन्धानमा लगाउने तर्फ अझै केही चुनौतीहरु रहेको बताए । संघिय लोकतन्त्रको स्थापना तथा समतामुलक सामाजिक न्यायमा आधारित संगै न्याय र समानतामा आधारित रुपान्तरणको अभियानमा युवाहरुलाई अघि बढाउनुपर्ने प्रमुख दायित्व रहेकोले त्यसका लागि युवा कार्यक्रमहरु स्पष्ट संग बजेटमा आएको उनले बताए ।

त्यसै गरि विदेशबाट फर्किएका युवाहरुलाई व्यवस्थापन र सम्वोधन गर्न समेत विभिन्न मन्त्रालय मार्फत बजेट आएकोले युवा परिचालनमा मन्त्रालय अझै गम्भिर भएर अघि बढ्ने मन्त्री विश्वकर्माले स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close