
पोखरा । कोरोना भाईरस (कोभिड–१९) महामारीको समयमा समेत जोखिमका साथ कार्यरत खेलकुद पत्रकारहरुलाई नेपाल भलिबल संघका सदस्य रोशन श्रेष्ठले मास्क र सेनिटाईजर सहयोग गरेका छन ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) लाई प्रदान गरिएको उक्त सामाग्रीमा एक सय थान केएन–९५ मास्क र एक सय थान सेनिटाईजर रहेको मञ्चका महासचिब प्रज्वल ओलीले जानकारी दिएकाछन । संघका सदस्य श्रेष्ठले मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) लाई ति सामाग्री हस्तान्तरण गरेका थिए ।
पुल्चोक इन्जिनियरिङ कलेज अल्मुनाई एसोसिएसन र दावाली मिलन क्लबको तर्फबाट उक्त सामग्री सहयोग गरेको श्रेष्ठले बताएका छन । मञ्चलाई सामाग्री हस्तन्तरण गर्दै उनले भने–“कोरोनाविरुद्धको युद्ध सामुहिक भावनाले मात्र जित्न सकिन्छ, फ्रन्ट लाईनमा रहेर अहोरात्र खटिने पत्रकारलाई सुरक्षाको लागि सानो सहयोग गरेका हौं ।”
मञ्चका अध्यक्ष सुवेदीले महामारीकोबीच काममा निरन्तर लागिरहने पत्रकार साथीहरुको लागि प्राप्त सहयोग प्रति धन्यवाद ज्ञापन गरेका छन । श्रेष्ठको पहलमा यसअघि पनि नेपाल चिकित्सक संघलाई पनि एक हजार थान केएन–९५ मास्क सहयोग गरिएको थियो ।
