टिटीमा नेपाली तिन जना अम्पाएर उर्तिण

पोखरा, अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) अन्तर्राष्ट्रिय अम्पायर परीक्षामा नेपालबाट ३ जना उत्तीर्ण भएका छन् ।

उत्तीर्ण हुनेमा मोरङका विकेन थापा र राजेश भट्टराई तथा काठमाडौंका नरेश रावल रहेको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।

आईटीटीएफले नेपालबाट १७ जनालाई अनलाइन परीक्षामा सहभागिताको अवसर दिएकोमा तीन जना मात्र उत्तीर्ण भएका हुन् । ५० पूर्णाङ्कको उक्त परीक्षामा विकेन र राजेशले समान ४०–४० अंक प्राप्त गरे । उत्तीर्ण हुन ३८ अंक चाहिनेमा नरेशले त्यत्ति नै अंक ल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close