‘सागमा पदक जित्न भुमिका खेल्ने प्रशिक्षकलाई अपमान किन ?’: खेलाडी संघ

पोखरा, १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जिताउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने प्रशिक्षकलाई सरकारले घोषणा गरेको पुरुस्कार रकम नदिंदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले न्यायोचित नभएको भन्दै आपत्ती जनाएको छ ।

संघको तर्फ बाट अध्यक्ष दिपक श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै खेलाडीहरु लाई सफलता दिलाउन अहम भूमिका खेल्ने कोहि पनि प्रशिक्षकले हाल सम्म पुरस्कार नपाउँदा अपमानित गरेको भन्दै आपत्ती जनाएका हुन ।

१३ औं सागमा खेलाडीलाई पुरस्कार वापतको रकम दुई हप्ता अगाडीनै खातामा पठाई सक्दा पनि त्यही सफलताका लागि कठिन परिश्रम गर्ने प्रशिक्षकलाई बिभिन्न कारण देखाउदै सम्मान नगर्दा अपमान भएन र ? भन्दै विज्ञप्तीमा प्रश्न समेत गरिएको छ । विज्ञप्तीमा भनिएको छ–“यस्तो निर्णय गरि प्रशिक्षक लाई अपमान गर्दापनि अरुबेला सबै प्रशिक्षक कर्मचारीको अभिभावक सस्था हामी हौं भन्ने हरु कुन दुलोमा छन् ? कर्मचारी र प्रशिक्षकहरुको हक र हित का लागि स्थापित संघ सस्थाहरु कता छन्?”

विज्ञप्तीमा संघहरुले वाध्यतापुर्वक प्रशिक्षकहरुलाई पेश्की बोकाएको र कसैले पनि रहरले पेश्की नलिएको उल्लेख गर्दै यथासिघ्र पुरस्कार वापतको रकम उपलव्ध गराउन माग गरेको छ । सरकारले हालै घोषित पुरस्कार वापत १३ औं सागमा विजेता खेलाडीलाई पुरस्कार वापतको ४ सय ३५ पदक विजेता खेलाडीका लागि १९ करोड ५३ लाख रुपैयाँ पठाइसकेको छ । तर प्रशिक्षकहरुलाई भने पेश्की फर्छौयौट नभएको भन्दै कुनै रकम पठाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close