मञ्च द्वारा गण्डकी प्रदेश सरकार र पोखरा महानगरको राहत कोषमा सहयोग

राहत पाउनु भएन ? ११८१ मा कल गर्नुहोस (भिडियो सहित)

पोखरा, नेपाली अग्रज खेलाडीहरुको साझा संस्था नेपाल भुतपुर्व खेलाडी मञ्च नेपालले कोरोना विरुद्ध लडन गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकालाई नगद सहयोग प्रदान गरेको छ ।

विश्वभरी कोरोना (कोभिड १९) संक्रमण फैलिएदेखि यस बाट जोगिन विगत तिन साता देखि नेपाल लकडाउनमा रहेको र लकडाउनका कारण विपन्न एवम मजदुरी गरेर जिवन निर्वाहगर्नेहरु समस्यमा परेपछि उनीहरुलाई सरकार मार्फत राहत प्राप्त गर्न सकुन भन्ने उद्धेश्यका साथ मञ्चले प्रदेश सरकार र महानगरको विपत व्यवस्थापन राहत कोषमा ५०–५० हजार गरि १ लाख नगद प्रदान गरेको हो ।

मञ्चका अध्यक्ष एवम नेपाल ओलम्पिक कमिटीका समेत उपाध्यक्ष रहेका तेज गुरुङले गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वी शुव्वा गुरुङ र महानगर प्रमुख मान बहादुर जिशीलाई उक्त रकम बरावरको चेक हस्तान्तरण गरेका हुन ।

राहत कोषमा रकम बुझ्दै प्रमुख जिशीले यसो भने

सहयोग रकम बुझ्दै पोखरा महानगरका प्रमुख मान बहादुर जिशीले अग्रज खेलाडीहरुको साझा संस्था मञ्चले कठिन घडीमा उपलव्ध गराएको सहयोग स¥हानिय रहेको बताए । उनले हाल सम्म २८ हजार भन्दा वढीलाई विपत व्यवस्थापनको रकम बाट खाद्यान्न लगाएत सहयोग उपलव्ध गराईसकेको जनाकारी समेत दिए ।

कोही पनि नगरवाशीहरु भोकै सुत्न नपरोस भन्नका लागि आफूहरु लागि परेको र अव कोही कोही छुटेको भए अनकल टोल फ्रि नम्वर ११८१  बाट सोझै सम्पर्क गर्न सक्ने जिशीले बताए । उनले भने–“अव कसैको सिफरिसमा होइन सोझै टोल फ्रि नम्वरमा कल गर्नुहोस हामी तुरुन्तै राहत उपलव्ध गराउँछौ ।”

हाल सम्म पोखरा महानगरपालिकाको राहत कोषमा २८ लाख जम्मा भइसकेको बताउँदै प्रमुख जिशीले भने–“लक डाउनको समयमा पनि धेरै सहयोगी मनहरु राहत कोषमा सहयोग गर्न आएका छन म सबैलाई आभार व्यक्त गर्दछु ।”

गण्डकी प्रदेश सरकार र महानगरमा राहत कोषमा रकम हस्तान्तरण गर्न मञ्चका संस्थापक अध्यक्ष खडग बहादुर रानाभाट, प्रथम उपाध्यक्ष हरि प्रसाद पराजुली, सह कोषाध्यक्ष महेश पौडेल समेत मुख्यमन्त्री कार्यालय र महानगरपालिकाको कार्यालय पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close