पोखराका अग्रज फुटबल खेलाडी लक्षिनको कोरोनाका कारण युकेमा निधन

पोखरा, पोखराका अग्रज फुटबल खेलाडी एवम पुर्व गोर्खा सैनिक लक्षिनबहादुर गुरुङको कोभिड १९ कोरोनाका कारण सोमबार युकेमा निधन भएको छ । उनी १२ दिन देखि रेडिङ स्थित बक्सायर अस्पतालमा उपचाररत थिए ।

पोखरा महानगरपालिका वडा नं १६ दिप निवासी तथा हाल युकेको रेडिङमा बस्दै आएका समाजसेवी गुरुङको कोरोनाको कारण निधन भएको उनका भाञ्जा युके रेडिङ निबासी कमल गुरुङले जानकारी दिएका छन । २०३१ साल बाट करिब २०३८ साल सम्म पोखरामा उनले फुटबल खेलेको उनका समकालिन अग्रज खेलाडी आनन्द रञ्जितले जानकारी दिए ।

पोखराको युनाइटेड क्लब, सोल्टी ११ र नौलो तारा क्लवमा समेत आवद्ध रहेका लक्षिन तत्कालिन गण्डकी अञ्चल बाट समेत प्रतिनिधीत्व गर्दै नर ट्रफीमा समेत सहभागिता जनाएका थिए । उनका समकालिन अर्का अग्रज खेलाडी शम्भु केसीले उनी मिडफिल्डका राम्रा खेलाडी रहेको बताए ।

उनका अर्का समकालिन अग्रज खेलाडी दिनेश श्रेष्ठका अनुसार उनी निकै अनुशासित र टेक्निकल खेलाडी थिए । कहिले काही गोल रक्षकको भुमिकामा समेत खेल्ने गर्दथे । विसं २०३७ सालमा उनले नेपालको ए डिभिजन क्लब संकटा बाट समेत खेलेको एन्फाका केन्द्रिय उपाध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close