पोखराको ब्याडमिन्टन : न उभोँ लाग्यो न तल झर्यो

केशव पाठक/ पोखरा,
पोखरा आफैमा खेलकुदको शहर । पिएन क्याम्पसको स्थापन संगै पोखरामा धेरै खेलकुदहरु समेत खेलिन थाले । त्यतीबेला धेरै खेलहरु शौखको रुपमा खेलिन्थे । मनोरंजनको महत्वपुर्ण अङ्ग थियो खेलकुद । त्यस मध्ये पनि थियो ब्याडमिन्टन ।

२०२८ साल बाट पोखरामा व्याडमिन्टन खेल्न शुरु गरिएको बताउँछन व्याडमिन्टनका अग्रज खेलाडी जयराम हमाल । पोखरामा त्यती धेरै घना वस्ती थिएन । पातलो घरहरु, फराकिला मैदानहरु । व्याडमिन्टन त्यही खेलिन्थ्यो । २०२८ मा मोहरिया टोलमा एउटा घर थियो दरवार नाम भएको । त्यही घरमा राष्ट्र बैंक थियो । राष्ट्रबैंकका कर्मचारीहरु त्यही बैंकको मैदानमा दिनहुँ जसो व्याडमिन्टन खेल्ने गर्दथे ।

आधुनिक व्याडमिन्टनको शुरुवात गर्न केही अग्रजहरुले रंगशालाको गोठमा परिणत हुन थालेको व्याडमिन्टन कभर्डहललाई मर्मत गरेर यहाँ सम्म आइपुगेको हो पोखराको व्याडमिन्टन । ति अग्रजहरुले देखाएको मार्गमा नयाँ पुस्ताका खेलाडीले संधै आत्मसाथ गर्नै पर्छ ।

त्यही मैदानमा मिन कुमार श्रेष्ठ, प्रकाशमान पालिखे, बसन्त रञ्जित लगाएतका पाका खेलाडीहरु आफ्नो शौख पुरा गर्न दिनहुँ व्याडमिन्टन खेल्ने गरेको केही सस्मरण सुनाउँछन अग्रज खेलाडी हमाल । २०३० सालमा पोखरामा पहिलो पटक एक जना चिनिया प्रशिक्षक सहित पुरोषत्तम न्यौपाने र ज्ञान बहादुर खडका सहित तिन जना प्रशिक्षक पहिलो पटक व्याडमिन्टनको प्रशिक्षण दिन पोखरा आएका थिए । त्यही बाट पोखरामा केही युवाहरु व्याडमिन्टनको प्रशिक्षणमा सुरुवात गरेका हुन ।

तिनै प्रशिक्षकहरुबाट प्रशिक्षण लिएका युवा मध्ये अग्रज खेलाडी जयराम हमाल, धर्मलाल प्रधान, अक्कल सिके, मिन बहादुर पौडेल विनोद शंकर पालिखे, हिरामान श्रेष्ठ, रामजी बास्तोला जस्ता खेलाडीहरु उत्पादन भए । ति मध्ये केही नगन्य महिला खेलाडी समेत थिए । त्यस मध्ये एकजना थिइन रिता पाठक । ति तत्कारिलन गण्डकी अञ्चलकी अञ्चलाधिश शंकरराज पाठककी छोरी थिइन । तिनै खेलाडीले जमाएको पोखराको व्याडमिन्टनको शाख यद्यपी कायमनै छ ।

२०३१ सालमा राजा विरेन्द्रको शुभराज्यभिषेक प्रतियोगितामा यु १६ मा हमालले दोश्रो स्थान प्राप्त गर्दै पहिलो पदक दिलाएका थिए । यो नै गण्डकीको कुनै पनि व्याडमिन्टन प्रतियोगितामा पहिलो पदक थियो । त्यही विचमा पनि पोखरामा विभिन्नस्तरका इभेन्टहरु आयोजना भइरहन्थे । तर पोखराको एउटा विडम्वना संघै एउटै रहि रह्यो त्यो थियो कहिल्यै पनि प्रशिक्षक नपाउनु । जसका कारण खेलाडीहरुमा नयाँ ज्ञान प्राप्त हुने सम्भावना न्युन रह्यो । त्यसकारण पनि गण्डकीले कहिल्यै पनि टिम इभेन्ट बाहेक अन्य इभेन्ट्समा पदक जित्नै सकेन ।

२०६२ पछि यताको पोखराको व्याडमिन्टन खेलमा धेरै पानी वगिसकेको छ । यस विचमा विधान अधिकारी र सुस्मिता गुरुङको नाम पनि अग्रपंक्तीमा आउँछ । गण्डकी बाट राष्ट्रिय टिम बाट खेल्ने खेलाडीमा सुस्मिता हुन । उनले हालै नेपालमा सम्पन्न साग खेलमा सहभागिता जनाएकी थिएन ।

वि.सं२०३५, २०३६, २०३७ र २०३८ सालमा आयोजना भएक इभेन्टहरुमा मिन बहादुर पौडेल, जयराम हमाल, धर्मलाल कायस्थ रामजी बास्तोलाहरुको नै रिनन्तरता रहिनै रह्यो । गण्डकीले वागमतीलाई कहिल्यै पनि माथ भने गर्न सकेन । टिम इभेन्टमा दोश्रो र तेश्रो स्थानको नतिजा भने संधै हात परिनै रह्यो । २०३८ सालमा सम्पन्न पहिलो राष्ट्रिय खेलकुदमा गण्डकीले टिम इभेन्टमा दोश्रो स्थान हात पारेको थियो । उक्त प्रतियोगितामा मिन बहादुर पौडेल, जयराम हमाल, धर्मलाल कायस्थ रामजी बास्तोला, अक्कल सिकेहरुले नै सहभागिता जनाएका थिए ।

२०४० सालको दोश्रो राष्ट्रिय खेलकुदमा समेत गण्डकीले टिम इभेन्टमा तेश्रो स्थान बाहेक माथी उक्लन सकेन । २०३६ सालमा भएको पहिलो व्याडमिन्टनको राष्ट्रिय प्रतियोगितामा सिंगल्स तर्फ हमाल क्वाटर फाइनलमा प्रवेश गरेका थिए ।  त्यो बेलाको नतिजामा सिंगल्स तर्फ हमालको उत्कृष्ट मध्येको एक थियो ।

विस २०३६ मा अन्तर संस्थान प्रतियोगिता तत्कालिन शाही नेपाली वायु सेवा निगमले आयोजना गर्ने गर्दथ्यो । हमाल त्यो वेला पोखरामा नेशनल ट्रेडिङमा जागिरे थिए । उनले भेट्रान तर्फ ५ पटक सम्म च्याम्पियन बनेर सिल समेत कव्जा जमाएका थिए । ५ हजार बाट सुरुवात भएको प्रतियोगिताको राशी ५ वर्ष पछि २० हजार पुगेको थियो । गण्डकीले राष्ट्रिय भेट्रान तर्फको नतिजा भने संधै माथीनै रह्यो । तर लामो समय सम्म गण्डकीले राष्ट्रियस्तरको खेलाडी भने उत्पादन गर्न सकेको थिएन ।

गण्डकी अर्थात पोखराको व्याडमिन्टन उभो लाग्न नसकेको अवस्थालाई केलाउने हो भने अग्रज खेलाडी जयराम हमाल यति बेला केही आशावादी देखिन्छन । खेलकुदलाई नजिक बाट नियाल्ने हमालले व्याडमिन्टनको गति पछि पर्नुको मुख्य कारण प्रशिक्षणकै अभाव देख्छन । उनी भन्छन–“राम्रो प्रशिक्षक नहुँदा व्याडमिन्टनले भने जस्तो गरि टेको गाडन सकेन ।”

विस २०३२ सालमा पोखरा रंगशालाको लागि जग्गा अधिकरण भयो । दोश्रो राष्ट्रिय खेलकुदका लागि व्याडमिन्टनका लागि दुई वटा कोर्ट सहितको कभर्ड हल समेत बन्यो । तर राष्ट्रिय खेलकुद पछ कभर्डहल वेवारिसे वन्यो । भएका ढोका झ्याल समेत फुक्लिएर चौर तिर मिल्किए । हुँदा–हुँदा यति सम्म भयोकी खुल्ला रंगशाला भित्र बनेको कभर्डहल भैसी र गाई गोठमा परिणत भयो । रंगशालामा चर्ने छाडा छोडिएका भैसी र गाइहरु त्यही कभर्डहलमा आश्रय लिने उपयुक्त थलो बनेको बताउँछन अग्रज खेलाडी डम्वर सिंह गुरुङ ।

२०४३ सालमा हमाल सहित डम्वर गुरुङ, खेम गुरुङ, प्रेम गुरुङ, रुद्र घले मिलेर कभर्डहलको पुनः मर्मत गरेर त्यही हलमा व्याडमिन्टन खेल्न थाले । त्यहाँ बाट व्याडमिन्टनले पोखरा रंगशालामा जरा गाड्न लाग्यो । उनीहरुले आफ्नो व्यक्तिगत रुपमा रकम खर्च गरेर कोर्टको समेत मर्मत गरे । हलको रङ्ग रोगन समेत गरे । केही नयाँ युवाहरु प्नि विस्तारै ब्याडमिन्टन खेल्न रंगशाला आउन थाले । ति मध्येका थिए केश गुरुङ र उनका भाई नर बहादुर गुरुङ (नन्दु) । नन्दु र केशले २०४३ साल बाटै खेल्न थालेका थिए ।

पोखरामा व्याडमिन्टन शारिरिक कसरत र समय विताउने खेलको रुपमा यद्यपी अझै कायमनै छ । त्यही विचमा २०४५ सालमा धनगढीमा सम्पन्न राष्ट्रिय प्रतियोगितामा केश गुरुङ र अनुज वास्तोलाको जोडीले रजत पदक र नन्दुले यु १६ मा च्याम्पियन भएका थिए । यस विचमा गण्डकीले निरन्तर राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइरहे पनि नतिजाले खासै प्रभाव पार्न भने सकेन । यू १६ र जुनियर तर्फका भने केही प्रतियोगितामा सकरात्मक नतिजा भने प्राप्त भइनै रहे । २०४६–४७ मा केही नयाँ खेलाडीले गण्डकीको प्रतिनिधीत्व गरेका थिए । जसमा थिए अपर्ण बहादुर सिंह र भुगोल गुरुङ ।

नेपालमा भएको १० वर्षको जनयुद्धले समेत यहाँको खेल निकै प्रभावित बन्यो । २०५१ सालमा कास्की जिल्ला व्याडमिन्टन संघ गठन भयो । त्यसको नेतृत्व जयराम हमालले गरे । नयाँ स्थापित संघले केही केही नयाँ खेलाडीहरु उत्पादन गर्न थाल्यो । २०५२ सालमा केही नयाँ खेलाडीहरुको उदय भयो । त्यसमा थिए तुलसी गुरुङ, पुर्ण गुरुङ, ललिता गुरुङ, संसारी पुन, होङ कुमारी गुरुङ, सरिता गुरुङ लगाएत । हमाल २०५६ सालमा संघको केन्द्रिय उपाध्यक्ष हुँदै २०५८ मा राखेपको सदस्य समेत रहे ।

२०५९ सालमा पहिलो पटक व्याडमिन्टनको २९ औं राष्ट्रिय प्रतियोगिता पोखरामा आयोजना भयो । त्यस अघिनै उक्त प्रतियोगितामा सहभागिता जनाउन विद्यालयस्तर बाट खेलाडीको खोजी गरियो । संघले विद्यालयस्तरिय प्रतियोगिता समेत आयोजनागर्न थाल्यो । विद्यालयस्तरबाट केही नयाँ खेलाडी पोखराले देख्ने शौभाग्य समेत पायो । त्यसमा केही उत्कृष्ट खेलाडी मध्येका शम्भु श्रेष्ठ, दिल पुन, ललिता गुरुङ, पूर्ण पुन, तुलसी गुरुङ लगाएत रहे । गण्डकीले डवल्स तर्फ दोश्रो र टिम तर्फ तेश्रो स्थान हासिल गर्यो । यो नतिजाले खेलाडी उत्पादन गर्नुपर्ने कुरामा संघलाई थप घच्घच्याउन पुगेको अध्यक्ष डम्वर सिंह गुरुङले बताए ।

पोखराको व्याडमिन्टनको इतिहास केलाउँदा न यो कहिल्यै उभों लाग्न सकेको न त तल रसातलमा नै झरेको छ । तर यो खेलको भविष्य भने उज्जवल नै छ । आर्कषक खेल, सवै वर्ग तथा सबै उमेर समुहले उत्तिकै रुचीका साथ खेलिने व्याडमिन्टन खेलको प्रवर्धनका लागि नयाँ सोच र जागर आवश्यक भने अवश्य देखिन्छ ।

सोही प्रतियोगिता अन्तरगत जुनियर तर्फ समेत मोहन नेपाली, सुस्मिता गुरुङ, मिना श्रेष्ठ, भुगोल गुरुङले समेत प्रभाव कायम राखे । सुस्मिताले जुनियर तर्फ दोश्रो स्थान हासिल गरेकी थिइन । पोखराको व्याडमिन्टनको शाख माथी उठाउन स्व ईन्द्र बहादुर गुरुङको योगदानलाई विर्सन नसकिने बताउँछन अध्यक्ष डम्वर सिंह गुरुङ । २०५७ मा अध्यक्ष भएका स्व. इन्द्र सिंह गुरुङले खेलाडी उत्पादनका लागि विद्यालयस्तरको प्रतियोगिता शुरुवात गरेका थिए । उक्त प्रतियोगिताको १८ औं श्रिखंला सम्पन्न भइसकेको छ ।

गण्डकीले २०६२ मा सम्पन्न ३४ औं राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा टिम तर्फ दोश्रो स्थान प्राप्त गरेको थियो भने यू १९ मा पुनम गुरुङले सिंगल्स तर्फ स्वर्णपदक जित्दै सनसनी मच्चाएकी थिइन । यता टिम इभेन्टमा दिल पुन, शम्भु श्रेष्ठ, भुगोल गुरुङ,सजित श्रेष्ठ र मनोज श्रेष्ठको सहभागिता रहेको थियो । पोखरामा भएका अन्य प्रतियोगिताको लेखाजोखा गर्ने हो भने कर्पोरेट तर्फका खेलमा बिशाल खडका समेत उत्कृष्ट खेलाडी हुन । तर उत्कृष्ट हुँदा हुँदै पनि उनले अफिसियल खेलमा सहभागिता जनाएका भने छैनन । समय अभावका कारण अफिसियल खेलमा सहभागिता नजनाउँदा गण्डकी संघै पछि पर्नु परेको अध्यक्ष गुरुङको गुनासो भने छ । उनले भने–“धेरै खेलाडीहरु नगद पुरुस्कारका राशीका प्रतियोगितामा सिमित भएका छन जसले गर्दा पोखराको व्याडमिन्टनलाई अफिसियल गेममा पछि परेको छ ।”

पोखरा रंगशालामा यति बेला करिव ४ करोड ५० लाख लागतको नयाँ व्याडमिन्टन कभर्ड हल तयार भइसकेको छ । राष्ट्रिय खेलकुद परिषद र संघको पहलमा निर्मित यहि हलमा १३ औं सागको व्याडमिन्टनको आगाज समेत भयो । तर यो हल अहिले भेट्रान खेलाडीका लागि पसिना बगाउने थलो मात्रै बनेको छ ।

२०६२ पछि यताको पोखराको व्याडमिन्टन खेलमा धेरै पानी वगिसकेको छ । यस विचमा विधान अधिकारी र पुनम गुरुङको नाम पनि अग्रपंक्तीमा आउँछ । गण्डकी बाट राष्ट्रिय टिम बाट खेल्ने खेलाडीमा पुनम हुन । उनले हालै नेपालमा सम्पन्न साग खेलमा सहभागिता जनाएकी थिएन । यो प्रतियोगितामा नेपालले टिम तर्फ काश्य पदक जितेको थियो । अन्तर्राष्ट्रिय एरिनामा यो पदकनै हाल सम्म गण्डकीका लागि सर्वाधिक ठुलो पदक हो ।

यति बेला पुनम भारतको वैगलोरमा आफु प्रशिक्षकको भुमिका निर्वाह गर्न अध्ययनरत छिन । कास्कीको वर्तमान व्याडमिन्टन नेतृत्वलाई उनीप्रती धेरै आशा छ । उनी फर्केर आएपछि नयाँ राष्ट्रिय खेलाडी उत्पादन हुनेमा विश्वस्त छन अध्यक्ष डम्वर गुरुङ । उनी भन्छन–“अहिले हामी धेरै खेलाडीहरु घर घरमा पुगेर आफ्नै खर्चमा ल्याएर खाजा खाना खुवाएर प्रशिक्षण गराउँछौ ।” उनी थप्छन–“तर के गर्नु अभिभावकहरु कोही पनि पठाउन तयार नहुँदा समस्या आएको छ ।”

पोखरा रंगशालामा यति बेला करिव ४ करोड ५० लाख लागतको नयाँ व्याडमिन्टन कभर्ड हल तयार भइसकेको छ । राष्ट्रिय खेलकुद परिषद र संघको पहलमा निर्मित यहि हलमा १३ औं सागको व्याडमिन्टनको आगाज समेत भयो । तर यो हल अहिले भेट्रान खेलाडीका लागि पसिना बगाउने थलो मात्रै बनेको छ । उक्त हलमा अहिले पनि नियमित रुपमा आउने ९० जना सदस्य छन । उनीहरुले मासिक रुपमा संघलाई केही रकम समेत दिने गरेका छन ।

गण्डकी अर्थात पोखराको व्याडमिन्टन उभो लाग्न नसकेको अवस्थालाई केलाउने हो भने अग्रज खेलाडी जयराम हमाल यति बेला केही आशावादी देखिन्छन । खेलकुदलाई नजिक बाट नियाल्ने हमालले व्याडमिन्टनको गति पछि पर्नुको मुख्य कारण प्रशिक्षणकै अभाव देख्छन । उनी भन्छन–“राम्रो प्रशिक्षक नहुँदा व्याडमिन्टनले भने जस्तो गरि टेको गाडन सकेन ।”

उनकै भनाईमा समेत सहमत राख्छन वर्तमान संघका अध्यक्ष डम्वर सिंह गुरुङ । “हामी एकेडेमी सञ्चालन गर्ने सोचमा पनि छौं” उनले थपे–“तर यो संघको एकल प्रयासले सम्भव छैन कम्तिमा पनि परिषदले हातेमालो गरिदियो भने हामीलाई हौसला मिल्ने थियो ।” पोखराको खेलकुद वृतमा लामो इतिहास कायम गरेको व्याडमिन्टनलाई माथी उठाउन परिषद र सम्वन्धित खेल निकायको भुमिकामा निर्भर हुन्छ ।

आधुनिक व्याडमिन्टनको शुरुवात गर्न केही अग्रजहरुले रंगशालाको गोठमा परिणत हुन थालेको व्याडमिन्टन कभर्डहललाई मर्मत गरेर यहाँ सम्म आइपुगेको हो पोखराको व्याडमिन्टन । ति अग्रजहरुले देखाएको मार्गमा नयाँ पुस्ताका खेलाडीले संधै आत्मसाथ गर्नै पर्छ । पोखराको व्याडमिन्टनको इतिहास केलाउँदा न यो कहिल्यै उभों लाग्न सकेको न त तल रसातलमा नै झरेको छ । तर यो खेलको भविष्य भने उज्जवल नै छ । आर्कषक खेल, सवै वर्ग तथा सबै उमेर समुहले उत्तिकै रुचीका साथ खेलिने व्याडमिन्टन खेलको प्रवर्धनका लागि नयाँ सोच र जागर आवश्यक भने अवश्य देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close