कोभिड १९ संक्रमण विरुद्धको अभियानमा खेलकुद मन्त्रीको संयोजकत्वमा समिती गठन

पोखरा, युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार)को संयोजक्त्वमा कोभिड १९ रोकथाम विरुद्ध एक समिती गठन भएको छ ।

मन्त्रालयले कोभिड १९ विरुद्ध मन्त्रालयका सवै अङ्गहरु युवा, खेलाडी तथा स्काउटहरुलाई स्वयसेवकका रुपमा राहत वितरणको कार्य, व्यवस्थापन तथा परिचालन गर्ने निर्णय गरेको एक विज्ञप्ती मार्फत जानकारी दिएको छ । यसै गरि सो कार्यलाई सफल बनाउन समन्वय, कार्यान्वयन तथा व्यवस्थापनका लागि समिती गठन गरिएको मन्त्रालयले जनाएको हो ।

युवा तथा खेलकुद मन्त्री विश्वकर्माको संयोजकत्वमा गठित समितीको सदस्यमा मन्त्रालयका सचिब राम प्रसाद थपलिया, युवा विज्ञका रुपमा माधव ढुङ्गेल, राखेपका सदस्य सचिब रमेश सिलवाल, नेपाल स्काउटका लोक बहादुर भण्डारी, राष्ट्रिय युवा परिषदका प्रशासकिय प्रमुख बाबुराम ढुगांना, युवा तथा साना रोजगार व्यवसायी कोषका कार्यकारी निर्देशक विष्णु प्रसाद गौतम रहेका छन भने समितीको सदस्य सचिबमा मन्त्रालयका सह सचिब डा. मिन बहादुर बिके रहेका छन ।

मन्त्रालयले कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचार, क्वारेन्टाइन निर्माण, राहत वितरण, अभियानमा सहजिकरण गर्ने कार्यमा मन्त्रालय अन्तरगतका विभिन्न निकायहरुले हाल सम्मका कार्यहरुको समिक्षा समेत गरेको जनाएको छ । कोभिड १९ विरुद्धको अभियानमा खटिएका सबैलाई सामाजिक दुरी कायम राख्दै सावधानीपुर्व पचिालित हुन आह्वान गर्दै कोभिड विरुद्धको अभियानमा खटिएका चिकित्सक, सम्पुर्ण स्वास्थकर्मी, राष्ट्रसेवक कर्मचारी लगाएतत सबैमा आभार व्यक्त गरिएको छ ।

कोभिड १९ विरुद्धको अभियानमा दुख कष्ट सहेर धैर्य र संयमताका साथ एकवद्धता जनाउन सम्पुर्ण जनसमुदायलाई समेत धन्यवाद दिंदै कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि समुदायमा स्वय सेवक परिचालन सम्वन्धी मागदर्शन २०७६ बमोजिमकाम गर्ने गरि स्थानिय तथा प्रदेश सरकार संगको समन्वयमा युवा परिचालन गर्ने जिम्मा युवा परिषदलाई, खेलाडी परिचालनको जिम्मा राष्ट्रिय खेलकुद परिषदलाई र स्काउटको परिचानको जिम्मा नेपाल स्काउटलाई दिने निर्णय समेत भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close