
पोखरा, विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना संक्रमण नेपालमा फैलिन नदिन नेपाल सरकारले लागु गरेको लकडाउनको आज छैटौ दिनमा समेत अवज्ञा गर्नेहरुलाई प्रहरीले कार्वाही शुरु गरेको छ ।
हिजो शनिबार करिब २ सय जना सर्वसाधारणलाई कार्वाही गरेको प्रहरीले आज समेत सोही प्रकारको अभियानलाई निरन्तरता दिएको हो । कोरोना संक्रमण फैलिन नदिन अत्यावश्यक काम बाहेक सडकमा ननिस्कन प्रहरीले बारम्बार अनुरोध गरिरहेको भए पनि केही सर्वसाधारण सडकमा निस्कदा प्रहरीले कार्वाही थालेको हो ।

यो समाचार तयार पार्दा सम्म १२ जना पुरुषलाई पोखराका विभिन्न स्थान बाट प्रक्राउ गरि पोखरा रंगशाला स्थित भलिवल प्रशिक्षण केन्द्रमा पुर्याइएको छ ।
रंगशाला पुर्याइएका सर्वसाधारणलाई मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले सचेतना अपनाउँदै उनीहरुलाई स्वच्छ पिउने पानी र मास्क वितरण गरेको छ ।
तस्बिरः ‘जिम्मी’ चन्द्र गुरुङ
