
पोखरा स्पोर्टस । पर्यटकीय शहर पोखरामा शनिबार अन्तर्राष्ट्रिय फिस्टेल रेस हुने भएको छ । ट्रेल रेसलाई फिस्टेल रेस नामाकरण गरिएको उक्त रेस अन्तर्गत तिन फरक–फरक विद्याका दौड आयोजना हुने आयोजकले जनाएको हो ।
४२ किलो मिटर, २१ किलोमिटर र ५ किलो मिटर रेस गरी तिन विद्यामा खेलाडीहरु सहभागी भएको आयोजक हिमालयन ट्रेल रनिङ प्रालिका व्यवस्थापक दिपक भट्टले जानकारी दिएका हुन् । पोखरामा आयोजना हुने उक्त रेस दोश्रो संस्करणको हो ।
उक्त रन अन्तर्गत ४२ किलो मिटर रन डेभिज फलबाट सुरु भएर पुम्दीकोट, तारेभिर, घाँटी छिना, देउराली कास्कीकोट सराङ्कोट मेथलाङ, सेदी सम्म हुने कार्यक्रम रहेको भटट्ले जानकारी दिए । यसै गरी २१ किलो मिटरको दुरी डेभिज फल, स्तुपा, चंखपुर, पदेली, मेथलाङ हुँदै सेदी सम्म हुने छ भने ५ किलो मिटर रेस सेदी, ग्यारजाती, मेथलाङ हुँदै सेदीमै आएर टुंगिने उनले जानकारी दिए ।
अन्तर्राष्ट्रिय फिस्टेल रनको दोस्रो संस्करणमा १७ देशका ७० भन्दा बढी विदेशीको सहभागीता रहेन व्यवस्थापक भट्टले बताए । फिस्टेल रेसमा नेपाली सहित २ सय बढीको सहभागीता रहने पनि उनले जानकारी दिए ।
अन्नपूर्ण, धौलागिरी हिमालको मनोरम दृश्यको अवलोकन गर्दै नेपाली जनजिवन प्रत्यक्ष अनुभव गराउने उद्देश्यले पुरानो बाटो तर अहिले हिड्न छोडीएको गोरेटोबाटे हुँदै अन्तर्राष्ट्रिय स्तरको फिस्टेल रेस कार्यक्रम आयोजना गरिएको डा.सुन्दर पौडेलले बताएका छन् । प्रतियोगिता सम्पन्न गर्न ७ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।
