मदन भण्डारी स्पोर्टस एकेडेमीले दियो शुरक्षा निकायलाई मास्क र पानी 

पोखरा, खेलकुद र सामाजिक अभियानका रुपमा कार्यरत संस्था मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले शुरक्षा निकायलाई मास्क, पानी र चाउचाउ वितरण गरेको छ । एकेडेमीले ६०० थान मास्क, ३५ कार्टुन पानी र १५ कार्टुन चाउचाउ प्रदान गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल चौथो दिन देखि ‘लक डाउन’मा रहेको छ । लक डाउन भएका कारण जनताको शुरक्षा संगै सरकारले कोरोना फैलिन नदिन गरेको लक डाउन सफल बनाउन अहोरात्र खटिएका शुरक्षाकर्मीलाई मास्क र पानी कमी हुन नदिन एकेडेमीले सहयोग गरेको जनाईएको छ ।

राखेप सदस्य राजेश गुरुङ, ट्राफिक प्रहरी डिएसपी बिनोद घिमिरे र शसस्त्रका डिएसपी विश्वबन्धु पौडेलको भनाई:

शुरक्षामा खटिएका कास्की जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय कास्की र शसस्त्र प्रहरी कालिका गण अन्तरगत खटिएका शुरक्षाकर्मीलाई केही सहयोग गरेको एकेडेमीका गण्डकी प्रदेशका इन्चार्ज तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले बताए ।

“यति बेला अप्ठ्यारो परिस्थिती छ” राखेप सदस्य गुरुङले भने–“उहाँहरु हाम्रो लागि दिनरात नभनी खटिनुभएको छ” उनले थपे–“यो हामीले सानो सहयोग गर्दै एक्येवद्धता जाहेर मात्रै गरेका हौं ।” उनले यसरी शुरक्षामा खटिएका प्रहरी र समस्यामा रहेका कुनै पनि कुनै पनि नागरिकलाई सक्दो सहयोग गर्ने समेत बताए ।

राखेप सदस्य गुरुङले जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरिक्षक सन्तोष रोका र शसस्त्र प्रहरी कालिका गणका डिएसपी विश्वबन्धु पौडेललाई सामाग्री हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close