
पोखरा, कास्की अन्नपुर्ण गाउँपालिका ४ सल्यानमा स्थानिय पुर्वाधार विकास कार्यक्रम अन्तरगत फुटबल मैदान निर्माण कार्य सुरु गरिएको छ ।
कास्की निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधी सभामा प्रतिनिधीत्व गर्ने युवा तथा खेलकुद मन्ञी समेत रहेका जगत बहादुर विश्वकर्मा (सुनार)को स्थानिय पुर्वाधार विकास कार्यक्रम अन्तरगत मैदान निर्माण कार्य सुरु गरिएको निर्माण समितीका सल्लाहाकार विष्णु केसीले जानकारी दिए ।

सल्यान स्थित प्रगतीशिल माविको खेल मैदान सहित स्थानिय ८ जना जग्गा दाताले दिएको जग्गामा फुटबल मैदान बनाउन लागिएको केसीले बताए । पुर्वाधार विकास कार्यक्रम अन्तरगत प्राप्त १० लाख सहित, प्रगतीशिल मावीको १० र युवा तथा खेलकुद मन्त्रालय बाट प्राप्त हुने १० लाख गरि ३० लाख खर्च गर्ने गरि काम सुरु गरिएको केसीले बताए ।

उक्त मैदान सके सम्म स्तरिय फुटबल मैदानको रुपमा विकास गर्ने लक्ष्य सहित निर्माण कार्य सुरु गरिएको केसीको भनाई छ । “यो वडामा स्तरिय खेल मैदान पनि थिएन, विद्यालयलाई समेत आवश्यक पर्ने भएकोले यसलाई खेलाडी उत्पादन गर्ने मैदानको रुपमा बिकास गर्छौ” उनले भने । मैदानको काम लाई गति दिन आज बाट नै डोजरको समेत प्रयोग गरि मैदान सम्याउने काम थालिएको छ ।

मैदान निर्माणको काम सम्पन्न गर्न राम कृष्ण क्षेत्रीको अध्यक्षतामा ९ सदस्यिय उपभोक्ता समिती गठन समेत गरिएको छ ।
