
पोखरा, राष्ट्रिय खेलकुद परिषद (राखेप)ले क्वारेन्टाइनका लागि सातै प्रदेश र जिल्लाका पुर्वाधारहरु प्रयोग गर्न सक्ने भन्दै विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
सरकारले गरेको निर्णय अनुसार क्वारेन्टाइन निर्माणका लागि आवश्यक पर्ने राष्ट्रिय खेलकुद् परिषद् अन्तरगत उपत्यकामा रहेको दशरथ रंगशाला, सातदोबाटो खेलकुद परिसर, मुलपानी, किर्तिपुर, च्यासल, सानोगौचरन लगायत सातै प्रदेश तथा जिल्ला अन्र्तगत रहेका भौतिक पूर्वाधार प्रयोग गर्न राखेपले आग्रह गरेको हो ।
कोराना भाइरस (कोभिड–१९) संक्रमणबाट बच्न चेतना अभिवृद्धिका लागि नेपाल सरकारले गरेको अपिल व्यवहारिक रुपमा पालना गर्न राष्ट्रिय खेलकुद परिषद् आमजनसमुदाय हार्दिक अनुरोध गरेको छ । साथै, कोराना संक्रमणको रोकथामका लागि जागरुक गराउन खेलकुद क्षेत्रमा आवद्ध सबैमा परिषद् अपिल गरिएको राखेपका प्रवक्त एवम विभागिय प्रमुख कुल बहादुर थापाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
