सदस्य सचिब सिलवाल र एन्फा अध्यक्ष शेर्पा पोखरामा

पोखरा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवाल १८ औं आहा ! रारा गोल्ड कपको सन्दर्भलाई लिएर शनिबार पोखरा आएका छन ।

पोखरामा हुने १८ औं आहा रारा गोल्ड कपको फाइनल खेलको अवलोकन संगै अन्य पूर्वाधारहरुको निरिक्षण गर्ने सदस्य सचिब सिलवालको कार्यक्रम रहेको छ । उनी संगै अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा समेत सोही सन्दर्भलाई लिएर पोखरा आएका छन ।

मनाङ मर्स्याङदी क्लब र नेपाल पुलिस क्लव विचको फाइनल खेल अवलोकन गर्न मनाङका सस्थापक अध्यक्ष टासी घले पनि पोखरा आएका छन ।

पोखरा आएका उनीहरुलाई राखेपका सदस्य राजेश गुरुङ, क्षेत्रिय खेलकुदका प्रमुख लक्ष्मण योगी, सहारा क्लव पोखराका अध्यक्ष केशव बहादुर थापा, सहारा युकेका अध्यक्ष कुमार गुरुङ, सहारा हङकङका अध्यक्ष दिपक गुरुङ लगाएत सहाराका पदाधिकारी र अन्य खेल संघका पदधिकारीले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close