क्याराभान देखि १८ औं आहा ! रारा सम्म, कस्तो होला २०० औं खेल ?

केशव पाठक/पोखरा,
सहारा क्लब पोखराले आयोजना पोखराको एक उत्कृष्ट फुटबल प्रतियोगिताको इतिहास १९ वर्ष लामो छ । २०५८ सालमा भएको क्याराभन कप देखि १८ औं सस्करणको आहा रारा गोल्ड कप सम्म आइपुग्दा २०० औं खेल भोली (आइतबार) पोखरा रंगशालामा हुँदैछ ।

पोखरेली दर्शकको ढुकढुकी बन्न सफल टिम मनाङ मर्स्याङदी (एमएमसी) र झापा ११ ले १८ औं आहा ! रारा सस्करण अन्तरगत २०० औं खेल खेल्न मैदानमा उत्रिने अवसर पाउँदै छन ।

सहाराले क्याराभान कप सुरुआत गर्ने बेलामा सायद कहिल्यै पनि सोचेको थिएन होला कि यो १८ औं सस्करण सम्म पुग्छ । यसमा फुटबल बिकासको उद्धेश्य लुकेको थियो । त्यो उद्धेश्य परिपुर्ती गर्न पोखरेली दर्शकले सहारालाई उत्तिकै साथ दिए जुन अहिले सम्म निरन्तर छ ।

कति गोल भए १ सय ९९ औं खेल सम्म?
आहा रारा गोल्डकपको इतिहासको १ सय ९९ औं खेल सम्म आइपुग्दा पोखरा रंगशालको फुटबल स्टेडियममा ७१३ गोल भएका छन । जस मध्ये चौथो आहा रारा गोल्डकपको ११ वटा खेलमा ६१ गोल भएको रेकर्ड छ ।

११ खेल मध्ये तिन वटा खेलको नतिजा टाइ व्रेकरमा भएको थियो । सातौं आहा राराको फाइनल खेलमा विभागिय टिम नेपाल पुलिसले नेपाल आर्मी विरुद्ध सर्वाधिक ५ गोल गर्दै उपाधी आफ्नो पक्षमा पारेको थियो । भोली सम्पन्न हुने २०० औं खेल कसले जित्छ त्यो भने अझै गर्भमानै छ ।

कसले कति पटक उचाले उपाधी ?
माथीको आकँडा हेर्ने हो भने नेपाल पुलिसले आहा रारा गोल्ड कपको इतिहासमा सर्वाधिक गोल्ड कप उचालेको देखिन्छ । नेपाल पुलिस क्याराभान कप देखि १७ औं सस्करण सम्म ८ पटक फाइनलमा स्थान बनाएको भए पनि ६ पटक उपाधी आफ्नो पक्षमा पारेको छ । यसै गरि एमएमसी ९ पटक फाइनलमा पुग्दा ५ पटक, थ्रि स्टारले ५ पटक फाइनल पुग्दा ४ पटक उपाधी जितेको छ भने अफ्रिकन युनाइटेड र आयोजक सहाराले १–१ पटक उपाधी उचालेको छन ।

१७ औं सस्करण सम्मका फाइनल खेलको नतिजा मध्ये पाँचौ र १७ औं सस्करणको नतिजा भने पेनाल्टी शुट आउटमा भएका छन । यि खेल मध्ये विदेशी नाइजेरियन टिमले एक पटक नतिजा आफ्नो पक्षमा पारेको छ भने आयोजक सहाराले खेलेको दुई फाइनल खेल मध्ये बा¥हौं आहा रारा गोल्ड कपमा उपाधी उचालेको इतिहास छ ।

२०० औं खेलको चर्चा किन ?
पोखराको बसपार्क बाट सुरु भएको मोफसलको क्लब सहारा क्लब पोखराले फुटबल र सामाजिक अभियानमा छुट्टै पहिचान बनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) पछि देशको एकमात्र आफ्नै एकेडेमी सञ्चालन गर्ने एक मात्र सहारा हो ।

सहाराले आफ्नो स्थापना देखि जुन सोच बनायो खेलकुदको विश्व परिवेशमा उदाहरण हो । विपन्न तथा अप्ठ्यारो परिस्थतीका बालकहरुको लालन पोषण, शिक्षा संगै फुटबल प्रशिक्षण दिएर देशका लागि खेलाडी उत्पादन गर्नु आफैमा गौरवको विषय हो । त्यसैले सहारा ‘हिलोमा फुलेको कमलको फुल’ हो । आफ्नो क्लबलको आयोजनामा २०० औं खेल हुनु गौरब भएको सहारा क्लबका अध्यक्ष केशव बहादुर थापा बताउँछन ।

फुटबल बिकासको अभियानका साथ शुरु भएको क्याराभान देखि आहा राराको गौरवमयी इतिहासमा आम पोखरेली खेलप्रेमीहरु पोखरा रंगशालामा शाक्षी छन । जसले मैदानमा गएर टिकट काटेर सहाराको अभियानमा साथ दिए । जुन साथ २०० औं खेल सम्म पनि निरन्तर छ, त्यसैले पनि यो चर्चाको विषय बनेको हो, बन्न सक्छ ।

भोली आइतबार हुने दोश्रो क्वाटरफाइनल खेल अर्थात २०० औं खेल एमएमसी र झापा ११ को खेललाई आयोजक सहारा क्लबले विशेष रुपमा मनाउने भएको छ । पोखरा रंगशालामा विशेष कार्यक्रमका साथ मनाइने यो कार्यक्रम सहाराका लागि फुटबल बिकासमा नयाँ आयाम थप्ने छ ।

क्याराभान देखि १८ औं संस्करण खेल सम्मको फाइनल नतिजा
२०५८ क्याराभान गोल्ड कप नेपाल पुलिस–एमएमसी २–१ (नेपाल पुलिस)
२०५९ प्रथम आहा गोल्ड कप नेपाल पुलिस–फ्रेण्ड्स क्लब १–० (नेपाल पुलिस)
२०६० दोस्रो आहा गोल्ड कप एमएमसी– नेपाल पुलिस ३–१ (एमएमसी)
२०६१ तेश्रो आहा गोल्ड कप एमएमसी–नेपाल पुलिस ३–२ (एमएमसी)
२०६२ चौथो आहा गोल्ड कप अफ्रिकन युनाइटेड– नेपाल पुलिस २–० (अफ्रिकन युनाइटेड)
२०६३ पाँचौ आहा रारा गोल्ड कप थ्रि स्टार– एमएमसी १–१ (४–३) (थ्रि स्टार)
२०६४ छैटौं आहा रारा गोल्ड कप नेपाल पुलिस–एपिएफ २–० (नेपाल पुलिस)
२०६५ सातौं आहा रारा गोल्ड कप नेपाल पुलिस– नेपाल आर्मी ५–० (नेपाल पुलिस)
२०६६ आठौं आहा रारा नेपाल पुलिस– नेपाल आर्मी १–० (नेपाल पुलिस)
२०६७ नवौं आहा रारा थ्रि स्टार– एमएमसी १–० (थ्रि स्टार)
२०६८ दशौ आहा रारा एमएमसी– जावलाखेल युथ क्लव २–० (एमएमसी)
२०६९ एघारौ आहा रारा सहारा क्लब– थ्रि स्टार ०–१ (थ्रि स्टार)
२०७० बार्हौं आहा रारा एमएमसी– सहारा क्लब ०–१ (सहारा क्लब)
२०७१ तेर्हौं आहा रारा एमएमसी– थ्रि स्टार ०–१ (थ्रि स्टार)
२०७२ चौधौं आहा रारा नेपाल आर्मी–एमएमसी ०–१ (एमएमसी)
२०७३ पन्ध्रौ आहा रारा एमएमसी– सहारा क्लब १–० (एमएमसी)
२०७४ सोर्हौं आहा रारा थ्रि स्टार– नेपाल पुलिस ०–१ (नेपाल पुलिस)
२०७५ सत्रौ आहा रारा नेपाल आर्मी– थ्रि स्टार २–२ (४–५) (थ्रि स्टार)
२०७६ अठारौं ……………………………………………………?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close