सहाना प्रधान स्मृति महिला हक्कीः देवीकाको ५ गोलले गण्डकी सेमीफाइनलमा

केशव पाठक/पोखरा,
नेपाल हक्की संघ द्वारा पोखरामा जारी “सहाना प्रधान स्मृति दोस्रो महिला हक्की प्रतियोगितामा” देवीकाको ५ गोलको मद्धतले सेमीफाइनलमा प्रवेश गरेको छ ।

लिग चरणको अन्तिम खेलमा ‘पुल ए’ तर्फको खेलमा प्रदेश नं १ लाई एक दर्जन गोल अर्थात १२–० गोलले पराजित गर्दै गण्डकीले सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो ।

गण्डकी प्रदेशले आफ्नो होम ग्राउण्डको फाइदा लिंदै टिमका लागि देवीका विक एक्लैले ५ गोल गर्दै सनसनी मच्चाइन । खेलमा वोमन अफ दि म्याच समेत भएकी देवीकाले ७, १२, ४०, ४२ र ४८ औं मिनेटमा गोल गरेकी थिइन । खेलमा सोनु बराल र निलिमा पाण्डेले समान २–२ गोल गर्दा नानु गुरुङ, मयुरी राई र मनिता राना मगरले समान १–१ गोल गरे ।

यसै गरि सम्पन्न ‘पुल बी’ अन्तरगतको अन्तिम चरणको खेलमा सुदुर पश्चिमले प्रदेश नं २ लाई १–० गोल अन्तरले पराजित गरेको छ । सुदुर पश्चिमले जित संगै ‘पुल ए’को विजेता विभागिय टिम नेपाल आर्मी संग सेमीफाइनलमा भेट पक्का गरेको छ । यस अघि नेपाल आमीले लिग चरणमा आफ्ना सबै खेलहरु जितेर ६ अंकका साथ अंक तालिकामा शिर्ष स्थानमा रहँदै सेमीफाइनलको यात्रा तय गरिसकेको छ ।

भोली (मंगलबार) हुने सेमीफाइनलमा पहिलो खेल नेपाल आर्मीले सुदुर पश्चिम संग र दोस्रो खेल गण्डकी प्रदेश र ‘पुल बी’ को शिर्ष स्थानमा रहेको प्रदेश नं ५ का विच हुने नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खडकाले जानकारी दिएका छन ।

प्रतियोगतामा विभागिय टोली नेपाल आर्मी सहित प्रदेश नम्बर ५, सुदुरपश्चिम, प्रदेश २, प्रदेश १ र गण्डकी प्रदेश गरि ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता बिजता हुने टिमले नगद ५० हजार, उपबिजेताले २५ हजार र तेस्रोले १५ हजार नगद सहित शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछन । लिग कम नकआउटका आधारमा सञ्चालन भइरहेको उक्त प्रतियोगिताको फाइनल खेल २१ गते हुने संघका उपाध्यक्ष खडकाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close