“हक्की नेपालमा लोकप्रिय भएर पनि महत्व पाउन सकेन”–मन्त्री विश्वकर्मा (भिडियो सहित)

केशव पाठक/पोखरा,
नेपाल हक्की संघको आयोजनामा सहाना प्रधान स्मृती दोस्रो महिला राष्ट्रिय हक्की प्रतियोगिता आज शनिबार देखि पोखरा रंगशालामा सुरु भएको छ ।

प्रतियोगिताको उद्घघाटन खेलमा विभागिय टिम नेपाल आर्मीले उत्कृष्ट जित निकालेको छ । प्रतियोगितको पहिलो खेलमा रहेको नेपाल आर्मीले गण्डकी प्रदेशको टिमलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

खेलमा नेपाल आर्मीकी अन्जना चन्द म्यान अफ दि म्याच घोषित भइन । उनले खेलको ७ र ३० औं मिनेटमा गोल गरेकी थिइन भने सिता कुमारी चौधरीले १ गोल गरिन ।

शनिबार नै सम्पन्न दोश्रो खेल प्रदेश नम्बर ५ र सुदुरपश्चिम प्रदेश विचको खेल गोल रहित बराबरीमा सकिएको छ । बराबरीपछि दुबै टोलीले १–१ अङ्क बाँडेका हुन् । उक्त खेलमा सुदुर पश्चिमकी करुणा फगामी म्यान अफ दि म्याच भएकी थिइन ।

यस अघि प्रतियोगिताको उद्घघाटन गर्दै संघिय सरकारका युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले हक्की खेल आफैमा लोकप्रिय भएर पनि यसले नेपाली समाजमा महत्व पाउन नसकेको बताए । हक्की खेलका गतिविधि र प्रतियोगिताहरु त्यति नभइरहेको बताउदै आफुहरुको यसमा ध्यनाकर्षण भएको उल्लेख गरे ।

हक्की आफैमा लोकप्रिय हो यसका गतिविधीका बारे समिक्षा गर्न आग्रह गर्दै मन्त्री विश्वकर्माले संघलाई गम्भीर हुन आग्रह गरे । स्वभाविक रुपमा खेल संघले सम्बन्धित खेलको विकास विस्तारको अग्रसरता लिनु संघको दायित्व र भूमिका रहने मन्त्री विश्वकर्माको भनाई थियो ।

खेलमा आफुमा भएको खेलप्रतिभा सफलता पूर्वका प्रर्दशन गर्नको लागि प्रतियोगिताले देशलाई चाहिने खेलाडि स्थापित गर्न भूमिका खेल्ने बताए । मन्त्री विश्वकर्माले सहाना प्रधानले नेपालको खेलकुद र राजनितिमा पु¥याएको योगदानको चर्चा गर्दै उनको प्रशंसा समेत गरे ।

राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बहादुर विक ले प्रतियोगिताले खेलाडि जन्माउने हुनाले यस्ता प्रतियोगिता समय समयमा हुन आवश्यक रहेको बताए ।

त्यसैगरि कार्यक्रममा बोल्दै नेपाल हक्की संघका केन्द्रिय उपाध्यक्षले हक्की संघको गतिविधिमा पछिल्लो समय कमि आएपनि अबदेखि निरन्तरता दिने प्रतिवद्धता व्यक्त्त गरे । उनले पोखरामा मैदान अभावका बाबजुद पनि आफुहरुले अग्रसर हुन धेरै प्रयास गरिरहेको जानकारि दिए । सो अवसरमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका निर्देशक विद्या मर्सानी, कास्की जिल्ला हक्की संघका महासचिब एकराज गिरी लगाएतले धारणा राखेका थिए ।

प्रतियोगतामा नेपाल आर्मि सहित प्रदेश नम्बर ५, सुदुरपश्चिम, प्रदेश २ , प्रदेश १ र गण्डकी प्रदेश गरि ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । पहिलो खेल प्रदेश ५ र प्रदेश २ बिच हुने छ भने द्रोसो खेलमा नेपाल आर्मी र प्रदेश १ मैदानमा उत्रिने छ ।

प्रतियोगिता प्रथम पुरस्कार ५० हजार, द्रोसो २५ हजार र तेस्रो १५ हजार नगद सहित शिल्ड, मेडल र ट्रफी रहेको छ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिता पोखरामा २१ गते सम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close