
पोखरा, वेगनास ताल किनारमा जारी दोश्रो सेभेन ए साईड वेगनास कपको सेमिफाइनल समीकरण पुरा भए संगै फाइनलमा शिसुवा र हिमाल एन्ड रक्ष मेमोरियल भिड्ने भएका छन ।
बिहिवार सम्पन्न खेलमा शिशुवा एफ सि ले आयोजक वेगनास ‘ए’ लाई २ – १ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । शिशुवाको जितमा बिजय गुरुङ र रोशन क्षेत्रीले १– १ गोल गरेका हुन । पहिलो हाफमै २ गोल गरेर दवाबमा राखेको शिशुवाले उसकै घरेलु मैदानमा वेगनास ‘ए’ लाई पराजित गरेको हो ।
त्यस्तै अर्को खेलमा पनि आयोजक वेगनास बि लाई हिमाल एन्ड रक्ष मेमोरियल बि ले शुन्यका विरुद्ध १ गोल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। हिमाल एन्ड रक्षका बेल प्रसाद गुरुङको गोल नै निर्णायक गोल बनेको थियो। गुरुङले खेलको म्यान अफ दि म्याच समेत प्राप्त गरे ।
प्रतियोगिताको पहिलो खेलमा राईजिङ स्टारले हिमाल एण्ड रक्ष मेमोरियल बि लाई टाईब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा शिशुवा एफ सि संगको भेट पक्का गरेको छ । टाईब्रेकरमा पुगेको खेलको निर्णायक गोल गरेका राईजिङ्गका बिपिन सेन म्यान अफ दि म्याच समेत बनेका थिए ।
निकै प्रतिस्पर्धात्मक खेलमा आयोजक वेगनास रेडले सबिन मेमोरियललाई टाईब्रेकरमा २–१ गोलले पराजित गरेको छ । १–१ को बरावरीमा पुगेको खेलको निर्णय टाईब्रेकर वाट भएको हो। जित संगै वेगनास रेडले सेमिफाइनलमा हिमाल एन्ड रक्ष मेमोरियल ’ए’ संगको भेट पक्का गरेको छ । निकै उत्कृष्ट खेल खेलेको सबिन मेमोरियलले गोल गर्ने धेरै अवसर सिर्जना गरे पनि समयमा स्कोर गर्न नसक्दा पराजय भोग्नु परेको हो। खेलको म्यान अफ दि म्याच मनिष क्षेत्री घोषित भएका थिए ।
प्रतियोगितामा शुक्रवार सेमिफाईनका खेल हुने कार्यक्रम संचालक सचिन रानाभाटले जानकारी दिएका छन् । प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले रु ५५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही रु ५–५ हजार प्राप्त गर्नेछन् ।
