
पोखरा, युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार)ले आज पोखरा रंगशालाको अवलोकन गरेका छन ।
पोखरामा २०७७ फागुन २० गते बाट हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि मन्त्री विश्वकर्माले पूर्वाधारहरुको निर्माण कार्य सक्न आग्रह गरेका छन । पोखरा रंगशालामा निर्माण भइरहेको फुटबल स्टेडियम लगाएत अन्य पूर्वाधारका विषयमा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले जानकारी गराएका थिए ।

मन्त्री विश्वकर्माले पोखरा रंगशाला स्थित वहुउद्धेश्यिय कभर्ड हलको काम सुरु गर्न निर्देशन दिएका थिए । “कभर्डहलको काम सक्न ५ करोड रकम विनियोजन भइसकेको छ” उनले भने–“अव नवौ राष्ट्रिय खेलकुदका लागि समयमानै काम सकौं ।”

मन्त्री विश्वकर्माले पोखरामा हुने नवौ राष्ट्रिय खेलकुदका पुर्वाधार मध्ये स्विमिङ पुल, सुटिङ लगाएतका पूर्वाधारको टेन्डरको प्रक्रियाहरु अव तुरुन्तै सुरु गरिने बताए ।

पोखरा रंगशालामा अवलोकनका लागि आएका मन्त्री विश्वकर्मालाई जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख प्रकाश वरालले स्वागत गरेका थिए ।
तस्विरः सुदर्शन रञ्जित
