त्यसैले त जिवन्त छ पोखराको आहा ! रारा ! फुटबल

केशव पाठक/पोखरा,
पोखरा वसपार्कलाई सुधार गर्न बसपार्कका युवा हरु जुटे । उनीहरुले पनि कमै आँकेका थिए होलान कि आजको सहारा क्लब पोखराले यो रुप प्राप्त गर्छ भनेर ।

कुलतमा फसेका युवालाई जोगाउन तथा समाजमा पोखरा वसपार्कमा धुमलिएको अवस्थालाई फर्काउन ठिक २१ वर्ष अघि अर्थात २०५५ सालमा स्थापना भएको सहारा क्लव आजको अवस्था जे छ हिजोको अवस्था नियाल्दा त्यो निकै भिन्न थियो । खेल मार्फत यूवाहरुलाई समेट्न गरिएको प्रयास निकै रोचक छ । त्यो इतिहास फुटबल संग गाँसिएको छ । मोफसलको क्लवले १८ वर्ष सम्म जिवन्त बनाई राखेको फुटबल प्रतियोगिता आहा ! रारा ! गोल्ड कप ।

पोखरामा फुटबल खेल हुन्थे, क्लव स्तरिय, जिल्ला स्तरिय लगाएत अन्य । ति पनि सिमित मात्रै हुन्थे । ति खेलहरु कहिले काँही युद्धका मैदान पनि बन्थे । रंगशालामा भाग दौड मच्चिन्थयो । तर त्यहाँ बाट उत्पादन भएका खेलाडीले राष्ट्रको गरिमा समेत धाने । राष्ट्रिय क्लवहरुको नाक जोगाए । तत्कालिन गण्डकी अञ्चलको सदरमुकाम पोखरा फुटबल खेलाडी उत्पादनको थलो मध्ये एक थियो । तर फुटबल प्रतियोगिताका रुपमा हेर्न पाउनु दर्शकका लागि पर्व लगाएतका समय कुर्न पथ्र्यो ।

पोखरामा त्यती बेला व्यवसायिक फुटबल दर्शकले हेर्न पाउनु भनेको एकादेशको कथा जस्तै थियो । जव सहाराले २०५८ सालमा क्याराभान गोल्ड कप सुरु गर्यो । पोखरामा व्यवसायिक फुटबलको जग सुरु भयो । स्थानिय खेलाडीले मौका पाए । दर्शक रमाए । क्लबले जेन तेन क्याराभान कप बाट पोखरामा नयाँ थालनी शुरु त गर्यो तर यसको निरन्तरता आवश्यक्ता थियो । यसका लागि क्लवले पोखरेली उधोगीहरु संग हात जोड्यो अन्ततः पोखराको प्रतिष्ठित कम्पनी रारा यो संग जोडिन पुग्यो । १८ औं संस्करण सम्मपनि यो ईतिहास यथावतनै छ ।

तत्कालिन अवस्थाको बारेमा सहारा क्लवका संस्थापक अध्यक्ष बसन्त थकाली यस बारे भन्छन–“पोखरेलीहरुको मन, माया, साथ र सहयोगले यो अवस्था आएको हो ।” २०५५ सालमा क्लब स्थापना पछि रारा कपमा सहाराले चमत्कारनै गर्यो । क्लवले उपाधी जित्यो । त्यो जितले फुटबलमा लाग्नु पर्छ भन्ने ठूलो हौसला मिलेको थकाली बताउँछन । सो बेलाको टिम क्याप्टेन पूर्व अध्यक्ष विक्रम थकाली थिए । जित पछि हौसला पाएको टिमले सहारा क्लव विधिवत रुपमा दर्ता भयो ।

०५७ मा क्लवले जिल्लास्तरको सहारा कप फुटबल प्रतियोगिताको आयोजना गर्यो । त्यसको व्यवस्थापन यति राम्रो हुन पुग्यो कि सबैले वाहवाही गरे । अग्रजहरुले साथ दिए । व्यवस्थापन बाट चकित हुन पुगेका हरुले क्लवलाई अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गर्नुपर्छ भनेर हौसला दिए । अनि क्याराभान कपको अध्याय सुरु भयो ।

अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने आँट बोकेको सहारा संग पोखरामा कर्मा छिरिङको संग भेट भयो । उनलेनै श्री डिष्टीलरीमा पुर्याए । तर रक्सीको नाम बाट खेल खेलाउन सहारा हच्कियो । श्री डिष्टीलरीले क्याराभान मात्रै राख्न सुझायो । क्याराभान रक्सीको व्राण्ड भए पनि तत्कालिन समयमा क्याराभान फिल्म चर्चामा थियो । त्यसैलाई आधार मान्दै पोखरामा २०५८ सालमा व्यवसायिक फुटबल प्रतियोगिताको आगाज भयो ।

क्याराभानको नामले दोश्रो संस्करण निरन्तरता पाउन सकेन । उत्पादकले प्रतियोगिता काठमाडौमा गर्न भन्यो । क्लवलाई अप्ठ्यारो बनायो । चार लाख नगद प्रायोजन गरेको संस्था पछि हट्न पुग्यो । २०५९ सालमा सूर्य बहादुर केसी रारा चाउ चाउको उत्पादन बाट आहा ! रारा ! गोल्ड कपका नाम बाट खेलाउन राजी भए । प्रायोजन भने २ लाख मात्रै भयो । तँ आँट म पुर्याउँछु भन्ने हौसला लिएको सहारालाई सबै पोखरेलीहरुले सहारा दिए । अनि आहा ! रारा ! गोल्ड कपको अध्याय यद्यपी निरन्तर छ १८ वर्ष सम्म ।

आहा ! रारा ! गोल्ड कपको सबै सफलताको श्रेय पोखरेलीलाई दिन चाहन्छन संस्थापक अध्यक्ष बसन्त थकाली । तर अहिले अवस्था फेरिएको छ । सहारा देश विदेशमा फैलिएको छ । सहारा युके, सहरा हङकङ, सहारा अष्ट्रेलिया । सहारा क्लबले २०५८ साल साल बाटै एकेडेमी स्थापन गर्यो । २०६० मा आवाशिय रुपमा । २०६१ म यसलाई परिवर्तन गर्दै कठिन परिस्थितीका बालकहरुका लागि २० जना बाट सुरुवात भयो ।

तत्कालिन अवस्थामा सहाराले अनिल गुरुङ, अजित भण्डारी, सुसिल लामा, लक्ष्मण जिशी, नविन श्रेष्ठ लगाएत अन्य राष्ट्रिय खेलाडी उत्पादन भए । यद्यपी यि खेलाडीहरु कुनै न कुनै ए डिभिजन क्लवमा आवद्ध छन । सहाराले २०६२ मा दोविल्लामा एकेडेमीको स्थापना सहित फुटबल मैदानका लागि जग्गा खरिद गर्यो । नेपालमा नै राजधानी बाहिर पहिलो पटक क्लवको आफ्नै एकेडेमीको निर्माणका लागि २०६३ सालमा शिलान्यास भयो । यसको नेतृत्व पूर्व अध्यक्ष विक्रम थकालीले गरे । त्यसलाई पूर्व अध्यक्ष विरभद्र आचार्यले निरन्तरता दिए । २०७० वैशाख बाट कठिन परिस्थितीका बालकहरुलाई वसपार्कको गञ्जागोल स्थानबाट शान्त स्थान दोविल्ला स्थित आफ्नै मैदान सहितको एकेडमीमा सारियो ।

कुनै बेला २२ हजार दर्शकले समेत खचाखच दर्शकले टिकेट काटेर पोखरामा हेर्ने एक मात्रै प्रतियोगिता आहा ! रारा ! गोल्ड कप नै हो । दर्शकको घुइँचो देखे पछि पोखरामा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाउने साहस राज्यले गर्यो । फुटबलको क्रेजले धपक्कै ढाकेको पोखरामा कति दर्शक भन्ने कुरालाई आहा ! रारा ! गोल्ड कप उदाहरण बन्यो । अनि त देशकै ठूलो अन्तर्राष्ट्रिय फुटबल स्टेडियमले पनि मुर्तरुप पाउने अवस्था बनेको छ ।

सहारा क्लवले पोखराको फुटबललाई नयाँ रुप दिन व्यवस्थापनको सानो मेहनतले चुलीमा पुर्याएको हो । नेपाली फुटबलको जग बलियो बनाउन मात्रै नभई भोलीका नयाँ पुस्ताका खेलाडी उत्पादन गर्न खेलेको सहाराको भुमिका प्रशंसनिय छ ।

यति बेला दोश्रो कार्यकालका लागि केशव बहादुर थापा नेतृत्वको सहारा क्लवलाई चुनौती त छ नै आहा ! रारा ! गोल्ड कपको नाफा बाट एकेडेमीमा आश्रित बालहरुको लालन पोषण गर्न । तर पनि सहारा क्लवलाई विश्वभर छरिएर रहेका नेपाली र आम पोखरेलीको साथ छ । त्यसैले त १८ वर्ष सम्म आहा ! रारा ! गोल्ड कप जिवन्त छ ।
फायल तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close