
पोखरा, पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरुङ यहि फागुन १० गते हुने धरान रनमा सहभागिता जनाउने भएका छन ।
भुतपुर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि पोखरा आएका अध्यक्ष गुरुङ धरान जाने भएका हुन । धरान रनमा हुने १० किलोमिटर दौडमा आफूले पनि सहभागिता जनाउने उनले बताएका छन ।
पोखरा म्याराथन संगै धरान रनलाई समेत जोडन सके विदेशी खेलाडी संगै खेलकुदलाई माया गर्ने गैर आवाशिय नेपालीहरुलाई पनि आर्कषित गर्न सकिने उनले जनाए । पोखरा म्याराथनका लागि ५० जना भन्दा वढी वेलायतबाशी नेपालीहरु सहभागिता जनाउन आएको तर्फ इंगित गर्दै अध्यक्ष गुरुङले धरान रनका लागि पनि करिब ४० जना आएको जनाए ।
धरान रनका लागि नेपाल आएका धावकहरु सन्तोष राई, पाण्डब महतो लगाएत पोखरा म्याराथनमा सहभागिता जनाएर धरान रनको १० किलोमिटर दौडका लागि धरान पुगिसकेको अध्यक्ष गुरुङले बताए । उनले भने–“नेपाल भित्र हुने कुनै पनि म्याराथन लगाएत अन्य दौड प्रतियोगिताहरुलाई जोडेर क्यालेण्डर बनाउन सके अझै उत्कृष्ट हुने छ ।”


