
पोखरा, यहि फागुन ३ गते सम्पन्न १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७६ ले भव्यताका साथ सफलतापाए पछि आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले म्याराथन सफल बनाउन सहयोग गर्ने सबैमा हार्दिक आभार व्यक्त गरेको छ ।
मञ्चले एक प्रेस विज्ञप्ती मार्फत पोखरा म्याराथनलाई सफल बनाउन सहयोग गर्ने विभिन्न संघसंस्था एवं व्यक्तिहरुले पुर्राएको योगदानका लागि धन्यवाद सहित हार्दिक आभार प्रकट गरेको हो । मञ्चका अध्यक्ष तेज गुरुङ, प्रतियोगिता संयोजक एवम प्रथम उपाध्यक्ष हरि पराजुली र महासचिब खेम गुरुङको संयुक्त हस्तक्षरित विज्ञप्तीमा म्याराथन सफल बनाउन गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, मूख्य प्रायोजक संस्था सुजल डेरीको उत्पादन सफल दूध, अन्तराष्ट्रिय पार्टनर पोखरेली मञ्च युके, राष्ट्रिय खेलकूद परिषद, नेपाल ओलम्पिक कमिटी, नेपाल एथलेटिक्स संघ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समिति र कास्की जिल्ला एथलेटिक्स संघलाई आभार प्रकट गरेको छ ।
त्यसै गरि प्यावसन कास्की, एनप्यावसन कास्की, हिसान कास्की, एनआरएनए युके, एनआरएनए हङ्गकङ्ग, तमु धिँ एशोसिएसन युके, समाज सेवी योगेश गुरुङ्ग हाल युके, सहारा युक,े, पोखरेली हङ्कङ गाइज हङ्गकङ्ग, कृषि विकास बैंक लि., गण्डकी विकास बैंक लि., लक्ष्मी बैंक, हीमअस् एजुकेसन कन्सलटेन्सी, पश्चिमाञ्चल होटल संघ, रेवान पोखरा, पोखरा पर्यटन परिषद्, हिमेक्स नेपाल, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, मुग्लान रेष्टुरेन्ट, बुमर्याङ्ग रेष्टुरेन्ट, हिमालयन अफिस अटोमेसन, दुर्गा गुरुङ्ग यु.के, मेजर लक्ष्मी प्रसाद गुरुङ्ग, कौशिला थापा गुरुङ्ग, दुधमान गुरुङ्ग, हामी उठ्ने छौं, नेपालीज् कम्युनिटि वोस्टन अमेरिका लगायत विभिन्न प्रायोजक संस्थाहरु, पोखरा महानगरपालिकाका वडाध्यक्षहरु, टोल विकास संस्थाहरु, विभिन्न आमा समूहहरु, जातीय एवं धार्मिक संस्थाहरु, युवा क्लव तथा अन्य संघ–संस्थाहरु, जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, नेपाली सेना, शसस्त्र प्रहरी वल प्रति पनि आभार प्रकट गरिएको छ ।
यस्तै गरी नेपाल भ्रमण वर्ष २०२०, नेपाल पर्यटन बोर्ड, श्री चेन्मोय पीस रन टोली र उक्त समूहमा रहनुभएका युनेस्कोका पूर्व अध्यक्ष डा.डेविडसन् हेपबर्न लिङ्कन, मित्रराष्ट्र जापानको कोमागाने नगरपालिका र विभिन्न मित्र राष्ट्रहरुबाट सहभागी खेलाडी एवं पाहुनाहरु प्रति समेत आभार प्रकट गरिएको छ । कार्यक्रमलाई संसार भरि एकै साथ प्रशारण गरि आम स्वदेशी र विदेशीहरुलाई सुसुचीत गराई व्यापकता ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अनलाईन समाचार संस्थाहरु, रेडियो र एफ–एमहरु, पत्रपत्रिकाहरु, टेलिभिजनहरु लगायत सवैमा विशेष आभार प्रकट गर्दछौ विज्ञप्तीमा उल्लेख गरिएको छ ं ।
म्याराथन सफल बनाउन स्वास्थ्य सेवामा सहयोग पुर्याउनु हुने ३५ भन्दा वढी एम्वुलेन्स संचालन गर्ने संघ संस्थाहरु, नेपाल रेडक्रस सोसाइटी कास्की, विभिन्न हस्पिटलहरुका चिकित्सकहरु र स्वास्थ्यकर्मिहरु, नर्सीङ्गहोमहरु, फिजियोथेरापीस्ट संघ कास्की, पोखरा विश्वविद्यालय प्रति पनि आभार प्रकट गर्दछौं भनिएको छ ।
स्वयंसेवीको भूमिका निर्वाह गर्ने पोखरा साइकल सीटी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, कल्चरल पार्टनर हिमाली साँस्कृतिक परिवार, हार्मोनी ग्रुप र जोजीजु म्यूजीक सेन्टर, आइटि पार्टनर जेरोन टेक्नोलोजी, सम्पूर्ण सोसल पार्टनरको भूमिकामा रहेका संघ–संस्थाहरु, सम्पूर्ण विजेता खेलाडीहरु, सहभागी सवैमा समेत हार्दिक वधाई सहित आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको छ ।
फायल तस्विरः सुदर्शन रञ्जित
