प्रदेश क्रिकेट लिगः प्रमिसको सानदार प्रदर्शनमा नवलपुर विजयी

पोखरा, प्रमिस अर्यालले उत्कृष्ट व्याटिङ्ग गरेपछि पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरा रंगशालामा जारी पोखरा पल्टन गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला यु–१६ एकदिवसीय क्रिकेट प्रतियोगिता नवलपुर विजयी भएको छ । आइतबारको खेलमा नवलपुरले स्याँग्जालाई ७९ रनले पराजित गरेको हो ।

टस जितेर व्याटिङ्ग गरेको नवलपुरले ४८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर २ सय ११ रनको योगफल तयार पा¥यो । नवलपुरको तर्फबाट म्यान अफ द म्याच प्रमिस अर्यालले ११ चौका प्रहार गर्दै ८३ रन बनाए । त्यस्तै प्रविण भुजेलले २७ तथा खिम मल्लले २३ रनको योगफल तयार पारे ।

स्याँग्जाको बलिङमा राम खनालले ५, किरण भट्टराईले २ तथा जनक भट्टराईले १ विकेट लिए । जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको स्याँग्जा ३६.४ ओभरमा १ सय ३२ रनमै समेटियो । स्याँग्जाका सुजन गौतमले ३५ तथा सौजन्य रेग्मीले २५ रन बनाए ।

नवलपुरको बलिङमा सुसिल क्षेत्रिले ३ तथा साहिल ढकाल, स्विकार श्रेष्ठ र सुरज आचार्यले समान २–२ विकेट लिए । आयोजक एकेडेमीका अध्यक्ष बबिन कुँवरले म्यान अफ द म्याच अर्याललाई फरेन लिङ्क एजुकेशनल कन्सल्ट्यान्सीद्वारा प्रायोजित म्यान अफ ट्रफि प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close