पोखरा म्याराथनको विजेतालाई बेलायत म्याराथनमा सहभागि गराइने

केशव पाठक,
पोखरा, पोखरा संगै बेलायतमा समेत १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको रौनक बढ्दै गएको छ । पोखरा म्याराथन सफल बनाउन म्याराथनको आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च यू केले बेलायतमा संयोजनको भूमिका खेलिरहेको छ ।

पोखरा म्याराथन सफल बनाउन मञ्चले शनिवार बेलायतमा एक अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त अन्तक्रिया कार्यक्रममा १८ औं सस्करणको बिजेतालाई यूकेमा हुने म्याराथनमा सहभागिता गराउने निर्णय भएको पोखरेली मञ्च यूकेका अध्यक्ष मान प्रसाद गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार पोखरा म्याराथनको विजेताले आगामी अप्रिलमा बेलायतमा हुने म्याराथनमा सहभागिता गराइने भएको हो । यस संगै बेलायत बाट धावक पवन महतो र सन्तोष राईले पोखरा म्याराथनमा सहभागिता गर्ने उनले जानकारी दिए ।

कार्यक्रममा बर्नेट बोरो काउन्सिलका मेयर लक्ष्य बहादुर गुरुङ, गैर आवाशिय नेपाली संघ यूकेका अध्यक्ष पुनम गुरुङ सहित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु अन्तक्रियामा सहभागि हुँदै पोखरामा हुने १८ औं संस्करणको म्याराथनलाई सफल बनाउन आह्वान समेत गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।

पोखरेली मञ्चले पोखरा म्याराथनलाई संयोजन गर्न पूर्व राष्ट्रिय भलिबल खेलाडी मञ्जु गुरुङ राईलाई संयोजक तोकेको छ । पोखरा म्याराथनमा सहभागिताका लागि उनकै नेतृत्वमा एक टोली पोखरा म्यारागनमा सहभागितका लागि पोखरा आउने तयारी समेत भइरहेको आर्थिक सल्लाहाकार कमल गुरुङ ‘धम्पुस’ ले बताए । पोखरा म्याराथन सफल बनाउने संगै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्धेश्यले भएको उक्त अन्तक्रिया उपलव्धी मुलक रहेको उनले बताए ।

आर्थिक सल्लाहाकार गुरुङका अनुसार पोखरा म्याराथनका लागि बेलायतमा करिब ३ हजार पाउण्ड सहयोग रकम संकलन भएको बताए । “पोखरेली मञ्चले गत वर्ष ७ लाख ५० हजार प्रदान गरेका थियौं सायद त्यो रकम बराबर यो वर्ष समेत निरन्तरता दिनेछौं” उनले भने–“यसका साथै हामीले पोखरा म्याराथनका विजेताका लागि लण्डन बाटै आर्कषक मेडलहरु समेत ल्याउन लागेका छौं ।”

उक्त अन्तक्रिया कार्यक्रममा सहभागिहरुले पोखरा म्याराथन लोगो अंकित टिशर्ट, रिष्ट व्यान्ड लगाएत लोगोहरु लिएर सहभागिता जनाएका थिए । कार्यक्रम करिव ५ घन्टा सम्म चलेको थियो । खेलकुद मार्फत पर्यटन र खेलकुद बिकासका लागि पोखरेली मञ्चले गत वर्ष बाट आर्थिक रकम मात्रै सहयोग गरिरहेको छैन, बेलायत बाट समेत पोखरा म्यारथनमा सहभागिता गराउन अहम भूमिका खेलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close