
पोखरा । पोखरामा यहि फागुन ११ देखि १७ गते सम्म आयोजना हुने ‘प्याराग्लाईडिङ वर्ल्ड कप एशियन टुर– २०२०’ तथा ‘१९ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’ को तयारी सम्पन्न भएको छ । प्रतियोगितालाई अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ हरुको संस्था (एफ.ए.आई) र राष्ट्रिय खेलकुद परिषदले मान्यता दिएका छन ।
नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजना तथा नेपाल प्याराग्लाईडिङ तथा प्याङग्लाईडिङ संघ (नेफा) र नेपाल पाइलट क्लवको सहकार्यमा हुने उक्त प्रतियोगितामा नेपाल सहित ३० देशका १ सय २५ खेलाडीको सहभागिता रहने प्रतियोगिताका संयोजक योगेश भट्टराईले जानकारी दिएका छन । प्रतियोगिताको प्रवर्धन भने नेपाल पर्यटन बोर्डले गर्ने भएको छ ।

प्रतियोगितामा नेपाल सहित फ्रान्स, बेल्जियम, रसिया, काजकास्थान, अमेरिका, जापान, दक्षिण कोरिया, ईण्डोनेसिया, चिन, ईरान, स्विजरल्याण्ड, भारत, बंगालदेश, भियतनाम, जर्मनी लगाएत ३० देशका खेलाडीको सहभागिता रहने छन ।
प्रतियोगितामा ओभरल च्यापियन, महिला च्यापियन, नेपाली च्यापियन तर्फ पहिलो देखि पाचौँ स्थान सम्मका विजेतालाइ मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ । यस्तै टिम च्याम्पियन तर्फ पहिलो देखि तेस्रो स्थान सम्मका विजेतालाई प्रमाणपत्र र मेडलले सम्मान गरिने संयोजक भट्टराईले जानकारी दिए ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आयोजना हुन लागेको त्यस प्रतियोगिता विशेष रहने संयोजक भट्टराईको धारणा छ । एशियन अन्तरगत एफएआईले एशियन प्याराग्लाइडिङ वर्ल्ड कप एशोसियसनको मातहातमा रहि सन २०२० का लागि नेपाल, चिन र इण्डोनेशियामा गरि तिन वटा टुरहरु समेत आयोजना हुनेछन । प्रतियोगिताको मुख्य उद्धेश्य एशियाका प्याराग्लाइडिङ खेलाडीलाई विश्वकपको सूपर फाइनलमा सोझै प्रवेश दिनका लागि गरिएको हो । विश्वकपको सुपर फाइनल भने सन २०२१ मा फ्रान्समा हुनेछ ।
प्रतियोगिता सम्पन्न गर्न ना का निवर्तमान अध्यक्ष योगेश भट्टराईको संयोजकत्वमा २३ सदस्यिय आयोजक समिती र ४ सदस्यिय सल्लाहकार समिती चयन गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न ८० लाख खर्च लाग्ने आयोजक समितीले जनाएको छ ।
सम्पन्न पत्रकार सम्मेलनमा प्रतियोगिता बारे जनकारी दिंदै ना का अध्यक्ष कृष्ण भण्डारीले प्रतियोगितालाई सफल बनाउन सबै तर्फ बाट सहयोग प्राप्त भएको बताए । नाले प्याराग्लाइडिङ उडान शुरक्षा, व्यवसायिक एकरुपता लगाएतका विषयमा प्राधिकारिक संस्थाका रुपमा कार्य गरिरहे पनि स्रोत अभावका कारण केही समस्या उत्पन्न भएको भनाई राखे ।
सो अवसरमा नाका महासचिब बलराम आचार्य, नेपाली सेनाका सेनानी अर्जुन बस्नेत, इभेन्ट टिम म्यानेजर विमल अधिकारी लगाएतले आ–आफ्ना भनाई राखेका थिए ।

