
नेपाल बुद्धिचाल संघको सातौं साधारणसभा तथा अधिवेशन आगामी चैत २८ र २९ मा बिरगंजमा हुने भएको छ । बुधबार मकवानपुरको हेटौंडामा सम्पन्न संघको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।
नेपाल बुद्धिचाल संघमा २९ पुर्ण तथा २० एसोसियट गरि कुल ४९ जिल्ला तथा ७ प्रदेश संघ आवद्ध रहेका छन् । संघको अधिवेशनमा केन्द्रीय कार्यसमितिका ३१ जना, जिल्ला संघबाट ५८ जना, प्रदेश संघबाट २१ जना, आर्विटर कमिसनबाट २ जना तथा महिला र पुरुष तर्फका राष्ट्रिय च्याम्पियन १/१ जना गरि जम्मा १ सय १४ जना प्रतिनिधिको सहभागीता रहनेछ ।
बागमती प्रदेश संघमा ज्ञानकृष्ण प्रजापति
माघ १६ गते प्रदेश राजधानी हेटौंडामा सम्पन्न बागमती प्रदेश बुद्धिचाल संघको पहिलो अधिवेशनले ज्ञानकृष्ण प्रजापतिको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा भक्तपुरका राजेश कक्षपति, सचिवमा काठमाडौका सुरवीर लामा तथा कोषाध्यक्षमा मकवानपुरका नरेन्द्र भण्डारी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा दोलखाका उत्तम ढुङ्गेल, काभ्रेका सुनिलरत्न शाक्य, ललितपुरका रस्मा महर्जन, धादिङका सम्झना रिजाल र चितवनका मोहन श्रेष्ठ चयन भए ।
