कास्कीलाई स्तव्ध पार्दै लमजुङले जित्यो मुख्यमन्त्री कपको उपाधी

पोखरा, त्रिवेणी युवा क्लब लमजुङले कास्कीलाई स्तव्ध पार्दै गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबलको उपाधि जितेको छ । लमजुङले घरेलु आदर्श युवा क्लबमाथि २–० गोलले हराउँदै उपाधि जितेको हो ।

उपाधिसँगै विजेता लमजुङले ५ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार हात पा¥यो भने उपविजेता आदर्श क्लब कास्कीले ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पायो ।

आदर्श क्लब कास्कीका सुमित श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । त्यस्तै, लमजुङ त्रिवेणी क्लबका आकाश रानाभाट उत्कृष्ट गोलरक्षक, त्रिवेणी क्लब लमजुङकै अन्जन देवकोटा उत्कृष्ट डिफेन्डर, आदर्श क्लब कास्कीका सुमित श्रेष्ठ उत्कृष्ट मिडफिल्डर, त्रिवेणी क्लब लमजुङका नवराज गुरुङ उत्कृष्ट फरवार्ड घोषित भए । सर्वोत्कृष्ट खेलाडीको पुरस्कार भने आर्दश क्लब कास्कीका सुमित श्रेष्ठ घोषित भए । उनीहरुले समान ५÷५ हजारसहित ट्रफी पुरस्कार पाए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा उपाध्यक्ष एवं प्रतियोगिता संयोजक कृष्ण थापा लगायतले विजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

लमजुङको जितमा अस्विन गुरुङ र नवराज गुरुङ नायक बने । पोखरा–लेखनाथको भण्डारढिकस्थित खेल मैदानमा भएको फाइनल खेलमा लमजुङले घरेलु कास्कीलाई पूरैै समय दवावमा राख्न सफल भयो ।

खेलको १५ औं मिनेटमा अस्विनको गोलबाट लमजुङले अग्रता लियो । आदर्शको डिफेन्डरहरु र गोलकीपर बिट भएको अवस्थामा अस्विनले साइड भलि गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ५० औं मिनेटमा लमजुङका नवराज गुरुङले टोलीका लागि दोस्रो गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाए । घरेलु मैदान र दर्शकहरुको समर्थन पाएको कास्कीको आदर्श क्लबले फाइनलमा निराशलाग्दो खेल प्रदर्शन ग¥यो ।

कार्यक्रममा फुटबलका पूर्व राष्ट्रिय खेलाडी खेमबहादुर गुरुङलाई सम्मान गरिएको थियो । गण्डकी अञ्चलको फुटबल टिमको पूर्व कप्तान समेत रहेका गुरुङलाई फुटबलको विकासमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) गण्डकी प्रदेश समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close