
पोखरा, पोखरामा मुख्यमन्त्री कप उद्घाटन समारोहमा सुरु भएको सांसद राजिव गुरुङ ‘दिपक मनाङे’ र कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ विचको विवाद झनै उत्कर्षमा पुगेको छ ।
केही दिन अघि पोखराका एक व्यवसायीलाई हातपात गरेका एन्फा अध्यक्ष मिलन गुुरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठाडो उजुरी परेकै दुई दिन पछि अध्यक्ष मिलनले मनाङेले आफूलाई हातपात गरेको भन्दै जिउ धनको शुरक्षाको माग गर्दै सांसद मनाङे विरुद्ध अर्को उजुरी दर्ता गरेका छन । सांसद मनाङे र एन्फा अध्यक्ष मिलनको विवादले पोखराका एक व्यवसायी माथी भएको अन्याय भने यति बेला ओझेलमा परेको छ ।
सांसद दिपक मनाङे र अध्यक्ष मिलन गुरुङले बुधबार छुट्टा छुट्टै पत्रकार सम्मेलन गरेका एक अर्का विरुद्ध खनिए पछि यो अझै उग्र बन्दै गएको र बिबादले सामाजिक संजाल समेत तातेको छ ।
गण्डकी प्रदेश सांसद राजीव गुरुङ ‘दीपक मनाङ्गे’ र एन्फा कास्की अध्यक्ष मिलन गुरुङविच भएको बिबादले सामाजिक संजाल तातेको छ । मुख्यमन्त्री कपको उद्घाटन समारोहमा प्रदेश सदस्य राजिव गुरुङले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई लात्ती र मुक्का प्रहार गरेपछि बिबादको क्रम चलेको हो ।
मंगलबार भएको घटनाको बिषयलाई लिएर बुधबार बिहान होटल बगैँचामा पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले भने–“प्रदेशको माननिय भनेर हामीले मान्दिएको हो । नत्र हान्न त हामीलाई नि आउँछ । उहाँहरुलाई अगाडी देखिको पैसा दिन र होटलको व्यवस्थापन गर्न नसक्ने कुरा हामीले सक्दैनौँ भनेका हौँ । उहाँले कुरा नबुझिकन मुख छोडेर हातमा उत्रनु भयो ।”
मिलनले राखेको पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कृष्ण थापाले भने–‘माननिय ज्युले एन्फामाथी पनि अनियमितताको आरोप लगाउनु भएको छ । हामीले एक रुपैयाँ अनियमिता गरेको देखाए हामी कारबाहि भोग्न तयार छौँ होईन भने उहाँले कारबाहि भोग्नुपर्छ ।”
त्यहि विषयलाई लिएर प्रदेश सांसद राजीव गुरुङ‘दीपक मनाङ्गे’ले पनि बुधवार नै पत्रकार सम्मेलनको आयोजना गरे । पत्रकार सम्मेलनमा बोल्दै उनले भने–“आँफै ठग्ने ढाट्ने अनि पत्रकार सम्मेलन गर्दै हिड्ने? अनि मैले जिल्लाबाट आएका खेलाडी दुख पाउँदा चुप लागेर बस्नुपर्ने हो ?”
माननिय ज्यु तँपाईले त हातपात गर्नु भयो रे हातपात गर्ने कुरा सहि हो र ? भन्ने प्रश्नमा उनले भने–“ठगलाई नपिटेर पुजा गर्नुपर्ने हो ? एन्फाबाट आएको पैसा खाएर खेलाडीलाई दुख दिनेलाई किन सम्मान गर्ने ? अनि मैले धेरै पत्रकार साथीहरुलाई भनेको छु मैले हातपात गरेको होईन कुटेको हुँ । यस्ता ठगहरुलाई तँपाईले नि कुट्नुस ।”
सांसद मनाङेले भने–“चार गते खेल हुन्छ भनेर खेलाडी बोलाएर खेल ७ गते सार्ने अनि टाइसिटमा पनि फिक्सिङ गर्ने, खेलाडीलाई लजिङ्ग, फुडिङ्गको व्यबस्था नगर्ने, खेलाडीलाई खेल मैदान उपलब्ध नगराउने अनि ठुलो कुरा गरेर हुन्छ? म नभएको भए त मेरो बच्चाहरुको बिचल्ली हुन्थ्यो त, धन्न म पोखरा नै थिएँ । अझै ठुलो ठुलो कुरा गर्छ त्यसले अनि कसरी सहने? त्यसलाई कुटेर नै ठिक पार्ने हो । यसले मुख्य मन्त्रीको धरी वेईज्जत गरेको छ । मलाई कुटेकोमा कुनै दुखेसो छैन । तँपाईहरुलाई कुटेर बेठिक ग¥यो भन्ने लाग्छ भने तँपाईहरुको प्रोवलम हो ।”
पत्रकार सम्मेलनमा मिलनले ठूलो गल्ति गरेको एन्फा मनाङका अध्यक्षले बताए । मनाङ्गेले राखेको पत्रकार सम्मेलनमा उनले मिलनले एक कम्पनीलाई असौजमा दिएको चेक वाउन्सको फोटोकपी समेत देखाएका थिए । उनले वाउन्स चेक देखाउँदै -” त्यो ठग रहेछ, त्यसको यस्ता ठगिमा ५० मुद्दा रहेछन् ।”
यो विवादले पोखराको खेलकुद नराम्रो संग प्रभावित भएको छ । नेपालमा मात्रै नभई विश्वका लागि खेलकुदको आधार बन्दै गएको पोखरामा खेलकुद भित्र विवाद हुनु दुखद विषय भएको विष्लेषकको भनाई छ । उनीहरुले भनेका छन “पोखरा जती स्वच्छ छ यहाँको खेलकुद पनि उत्तिकै स्वच्छ मात्रै होइन निकै आदर र सम्मान पूर्वक हेर्ने गरिन्छ । जुन सुकै ठाउँका खेलाडी पोखरामा खेल्न पाउनु गौरबको विषय ठान्छन । तर यस्ता विवादले पोखराकै खेलकुद धवस्त हुन्छ ।
सांसद मनाङेले के भने हेर्नुस भिडियो
परिचय नेटवर्कको सहयोगमा
