माछापुच्छ्रे प्रदेश स्तरिय फुटबलमा आयोजक त्रिशक्तिलाई उपाधी

पोखरा, कास्कीको माछापुच्छ्रेमा सम्पन्न प्रदेश क्लव स्तरीय खुल्ला फुटबल प्रतियोगिताको उपाधी आयोजक त्रिशक्ति युनाईटेड क्लव लाहाचोकले जितेको छ । प्रतियोगितामा माछापुच्छ्रे त्रिशक्ति क्लबले प्रदेश लिगमा सहागीता जनाउने टिमहरुलाई समेत पराजित गर्दै उपाधीनै उचालेको छ ।

आइतबार भएको फाइनल खेलमा माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबले गैंडाकोट खेलकुद विकास समितिलाई २–१ गोलले पराजित गर्दै नगद १ लाख ५५ हजार पाँच सय ५५का साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता गैंडाकोटले ७७ हजार सात सय ७७ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

उपाधी जिताउन माछापुच्छ्रे त्रिशक्तिको तर्फबाट रोहन थापा र अजित गुरुङले गोल गरेका थिए भने गैंडाकोटका लागि राम थापाले गोल फर्काए । उक्त खेलमा माछापुच्छे« त्रिशक्तिका अजित गुरुङ म्यन अफ दि म्याच घोषित भए ।

त्यस्तै खेल अबधिभर उत्कृष्ट गोलरक्षकमा माछापुच्छ्रेका त्रिशक्तिका सुजन नेपाली, डिफेन्समा अन्जन देबकोटा, मिडफिल्डरमा गैंडाकोटका राम थापा, स्ट्राइकरमा कुसल प्रताप गुरुङ, उत्कृष्ट खेलाडी अमृत गुरुङ र सर्वाधिक गोलकर्तामा होराइजन युवा क्लबका बिक्रम कुवँर भएका थिए । साथै भिमाद युथ क्लब तनहु अनुशासित समूह घोषित भएको थियो । सबैले नगद पुरस्कारको साथमा ट्रफि प्राप्त गरेका थिए ।

विजेता टिम तथा खेलाडीलाई पुरुस्कार वितरण गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका उधोग पर्यटन बन तथा बातावरण मन्त्री बिकास लम्साले खेलाडीलाई धन्यवाद दिदै खेलको साथै माछापुच्छ्रे गाउपालिकाको सम्भाबित पर्यटकीय क्षेत्रको बिकासका निम्ती प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्ध्रता ब्यक्त गरे ।

क्लबका अध्यक्ष निरज शाहिको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक राजिन्द्र गौतमले क्लब अनुसासन तथा ब्यबस्थापन समितिका संयोजक पानबहादुर जिसी समेत बोलेका थिए ।

माघ १ गते बाट संचालन भएको प्रतियोगितामा ८ जिल्लाका १२ टिम सहभागिता रहेका थिए । गत बर्ष समेत त्रिशक्त युनाइटेडले नै उपाधी जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close